काठमाडौँ । देशका हिमाली र पहाडी भूभागमा आगामी दुई दिन आंशिक बदली हुने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाले शुक्रबार र शनिबारका लागि जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ ।
Read full story at source ( nepalpress.com )