Trending
Prev Story
Next Story

‘फ्लप स्टार’ मुन्सीको ‘ग्रान्ड फाइनल

Ekantipur •
November 21, 2026 • 03:32 PM
1
1 reads 0 reactions

मुन्सीले १२ छक्कासहित अविजित १२५ रन बनाएपछि सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलो उपाधि जित्यो।

‘फ्लप स्टार’ मुन्सीको ‘ग्रान्ड फाइनल

मुन्सीले १२ छक्कासहित अविजित १२५ रन बनाएपछि सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलो उपाधि जित्यो।

काठमाडौँ — जब सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलनको स्थानमा जर्ज मुन्सीलाई प्रतियोगिताको बीचमा ल्याएको थियो, सबैले आश्चर्य मानेका थिए। अझ सुदूरपश्चिमका समर्थकले 'जिब्रो नै टोकेका थिए' होलान्।

नेपाल प्रिमियर लिगको दोस्रो सिजनको प्रदर्शनलाई हेर्ने हो भने भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सी विदेशी खेलाडीको फ्लप सूचीमा अग्रस्थानमा आउने खेलाडी हुन्। गत वर्ष उनी विराटनगर किंग्सको टोलीमा थिए र सो क्रममा उनले ६ खेलमा ६० रनमात्र बनाउन सकेका थिए।

प्रदर्शनले भन्छ, पछिल्लो सिजनमा उनले विदेशी खेलाडीको कोटालाई न्याय गर्न सकेका थिएनन्। दुई पटक त उनी शून्यमा आउट भएका थिए। यसपटक म्याकमुलनले लिग चरणपछि प्रतियोगिता बीचैमा छाडेपछि सुदूरपश्चिम निकै निराश थियो र पोस्ट म्याच प्रेस कन्फरेन्समा टोलीले ठूलो गुनासो पनि गर्दै आएको थियो।

तर म्याकमुलनको स्थानमा सुदूरपश्चिमले मुन्सीलाई ल्याउनु झनै ठूलो आश्चर्य थियो, कम्तीमा विगतको प्रदर्शनलाई हेर्ने हो भने। गत सिजनमा मुन्सीको जुन कमजोर प्रदर्शन थियो, त्यहीबाट उनले यसपटक प्रतियोगिताको सुरुआत गरे। भलै टिम फरक थियो।

लुम्बिनी लायन्ससँगको क्वालिफायर १ मा मुन्सी पुनः शून्यमा आउट भए। खेलको पहिलो बलमै उनलाई रुबेल ट्रम्पलम्यानले बोल्ड गरेका थिए। चितवन राइनोजसँगको क्वालिफायर २ मा पनि मुन्सीले ८ रनमात्र बनाउन सकेका थिए।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

फाइनलमा सुदूरपश्चिमले एक खेलाडी परिवर्तन गरेको थियो, तर अर्को आश्चर्य मुन्सी प्लेइङ ११ मै थिए। कप्तान दीपेन्द्रसिंह ऐरी र सुदूरपश्चिम टोलीले पुनः मुन्सीमाथि विश्वास देखाएको थियो। मुन्सीले त्यही विश्वासमा एनपीएल इतिहासकै ठूलो इनिङ्स खेलेपछि सुदूरपश्चिम पहिलो पटक नेपालको प्रमुख घरेलु प्रतियोगितामा च्याम्पियन बनेको छ।

मुन्सीले अविजित १ सय २५ रन बनाएपछि सुदूरपश्चिमले ग्रान्ड फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बन्यो। सुदूरपश्चिमले यसै वर्ष लुम्बिनीसँग पाएको दुई हारको बदला मात्र लिएन, पहिलो पटक एनपीएल च्याम्पियनको ताज पनि पहिरियो।

सुदूरपश्चिमले अघिल्ला दुई सिजनको फाइनलमा बेहोरेको पराजयको पीडा बिर्सेर च्याम्पियन बन्न उनै मुन्सीको आक्रामक ब्याटिङलाई साथमा लिएको थियो। उनले एकै इनिङ्समा सर्वाधिक १२ छक्का प्रहार गर्ने कीर्तिमान बनाएका थिए। त्यसबाहेक मुन्सीको १ सय २५ रन एनपीएल इतिहासकै व्यक्तिगत उच्च स्कोर हो। एनपीएलमा शतक बनाउने सबै ६ विदेशी खेलाडीको सूचीमा मुन्सीले पनि आफ्नो नाम थपेका थिए।

३३ वर्षे मुन्सीले आफूलाई विश्वास देखाएकोमा सुदूरपश्चिम टोलीलाई विशेष धन्यवाद दिए। ‘मलाई साथ दिँदै आफ्नो खेल खेल्न दिएकोमा म टिमप्रति आभारी छु। एक्कासि प्रतियोगिता खेल्न आउनुपर्‍यो, त्यसपछि टिमले विश्वास देखायो, त्यसमा म धेरै खुसी थिएँ,’ मुन्सीले पुरस्कार वितरण समारोहमा भने, ‘सुरुमा मलाई भाग्यले अलिकति साथ दियो, तर त्यसपछि मैले योजनाअनुसार नै खेलेँ। टिम र समर्थकका लागि यो इनिङ्स खेल्न पाउँदा निकै खुसी छु।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
23m ago
लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन, मुन्सीको शानदार शतक

लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन, मुन्सीको शानदार शतक

काठमाडौँ – स्कटिस खेलाडी जर्ज मुन्सीले शानदार शतकीय इनिङ्स खेलेपछि सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ।

#मुन्सी #सुदूरपश्चिम
Compare →
Nagarik News
2h ago
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#सुदूरपश्चिम #फाइनल
Compare →

Related Stories

Sports
Build #2612