काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि सहभागी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने प्रधानमन्त्री बालेन शाहले घोषणा गरेका छन् ।
एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताएका हुन् । उनका अनुसार आठवटै क्लबका रंगशाला नेपाल सरकारअन्तर्गत पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ ।
Read full story at source ( nepalpress.com )