Trending
Prev Story
Next Story

मलाई विश्वास गरेकोमा धन्यवाद : मुन्से

Ekantipur •
November 21, 2026 • 03:02 PM
1
1 reads 0 reactions

कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदा मुन्सेले प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाए।

मलाई विश्वास गरेकोमा धन्यवाद : मुन्से

कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदा मुन्सेले प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाए।

काठमाडौँ — सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधि दिलाउन निर्णायक भूमिका खेलेका जर्ज मुन्सेले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई सजिलै १० विकेटले हरायो।

लुम्बिनीले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले विना विकेटको क्षति १ सय ५८ रन बनायो। त्यसमा मुन्सेले १ सय २५ रन बनाए। यो नै प्रतियोगिताको इतिहासमा उच्च व्यक्तिगत स्कोर रह्यो।

मुन्सेले भने, ‘आज मलाई भाग्यले पनि साथ दियो। टिमले हात पारेको सफलताका लागि म खुसी छु। सुदूरपश्चिमले केही दिनअघि एक्कासि कल गरेको थियो र खेल्ने प्रस्ताव राखेको थियो। त्यसलाई स्वीकार्दै म नेपाल आएँ।’

उनी प्लेअफ चरणका खेलका लागि मात्र नेपाल आएका थिए। स्कटल्यान्डका अर्का खेलाडी ब्रान्डन म्याकमुलेन घर फर्केपछि उनको स्थानमा सुदूरपश्चिमले मुन्सेलाई ल्याएको थियो। गत सिजन खराब प्रदर्शन गरेका मुन्सेले यसपटक भने सानदार प्रदर्शन गरे।

अन्ततः उनी नै फाइनलका निर्णायक खेलाडी साबित भए। उनले एनपीएलको पनि प्रशंसा गरे। उनले भने, ‘सबैभन्दा पहिले नेपाली क्रिकेटका समर्थकलाई धन्यवाद दिन चाहन्छु। नेपाली क्रिकेटको वातावरण नै जादुमयी छ। यो प्रतियोगिता आफैँमा उच्च छ।’

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
25m ago
मलाई विश्वास गरेकोमा धन्यवाद : मुन्से

मलाई विश्वास गरेकोमा धन्यवाद : मुन्से

मलाई विश्वास गरेकोमा धन्यवाद : मुन्से कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदा मुन्सेले प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाए। मंसिर ५, २०८३ हिमेश काठम...

#मुन्से #मलाई #विश्वास
Compare →
Nagarik News
2h ago
लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको विजयी लक्ष्य

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको विजयी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई उपाधि जित्न १५६ रनको लक्ष्य दिएको छ।

#सुदूरपश्चिम #लुम्बिनी #मलाई
Compare →
Onlinekhabar
1d ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमले एक परिवर्तन गरेको छ …

#सुदूरपश्चिम #लुम्बिनी
Compare →
Arthasansar
20m ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#लुम्बिनी #मलाई
Compare →

Related Stories

World News
Build #2612