Trending
Prev Story
Next Story

चुनावी प्रचारमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाऔं : दाहाल

Ekantipur •
November 21, 2026 • 06:32 AM
2
2 reads 0 reactions

नेकपा संयोजक पुष्पकमल दाहालले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिने भएकाले समयमै होसियारी अपनाउन सुझाव दिएका छन् ।

चुनावी प्रचारमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाऔं : दाहाल

नेकपा संयोजक पुष्पकमल दाहालले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिने भएकाले समयमै होसियारी अपनाउन सुझाव दिएका छन् ।

ख्वप (भक्तपुर) — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने बताएका छन् ।

मध्यपुरथिमिमा नेकपा भक्तपुरद्वारा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा उनले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिनेतर्फ समयमै होसियारी अपनाउन सुझाव दिए ।

'अहिले आईटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन,' उनले भने ।

पूर्वप्रधानमन्त्री दाहालले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको चुनाव भइसक्नुपर्ने भएकाले राजनीतिक दलसँगको छलफल र परामर्शका आधारमा उपयुक्त समयमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गरे ।

सोही पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे ।

पार्टीका कार्यक्रमलाई विगतझैं भद्दा र लामो नबनाई चुस्त र विषयवस्तु केन्द्रित तुल्याउन सुझाव दिँदै उनले पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको स्पष्ट पारे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
23h ago
आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल

आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।

#प्रचण्ड #दाहाल #संयोजक
Compare →
Hamro Patro News
1h ago
चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा ज...

#प्रचण्ड #सञ्जाल #प्रयोग
Compare →
Onlinekhabar
2d ago
बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवदेन

बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवदेन

३ मंसिर, काठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् । स्रोतका अनुसार उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका हुन्। उनको निवेदनमाथि निर्णय गर्ने अधिकार …

#दाहाल
Compare →

Related Stories

Technology
Build #2612