Trending
Prev Story
Next Story

रेडक्रसको सदस्यता मोबाइल एप्सबाटै

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, काठमाडौं ।  नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो भन्ने लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एप्समार्फत सदस्यता आह्वान गरेको छ । सरकारको निर्देशन बमोजिम मोबाइलको प्लेस्टोरमा गएर एनआरसीएस एप डाउनलोड गरी …

रेडक्रसको सदस्यता मोबाइल एप्सबाटै

५ मंसिर, काठमाडौं ।  नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो भन्ने लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एप्समार्फत सदस्यता आह्वान गरेको छ ।

सरकारको निर्देशन बमोजिम मोबाइलको प्लेस्टोरमा गएर एनआरसीएस एप डाउनलोड गरी सदस्यता लिने व्यवस्था रेडक्रसले मिलाएको हो ।

यस्तै रेडक्रसका पुराना सदस्यहरुले समेत यसै एप्समार्फत आफ्नो सदस्यताको अनिवार्य अद्यावधिक गर्नुपर्ने रेडक्रसले जनाएको छ ।

रेडक्रसको सदस्यता लिनका लागि रेडक्रसका कार्यालयहरू धाइरहनु पर्ने बाध्यता हटेको अध्यक्ष डा. विशाल कुमार भण्डारीले बताए । उनले भने ‘मोबाइलबाटै सिधै सदस्यता फारम भरेर तोकिएको शर्त पूरा गरी एपमार्फत डिजिटल परिचयपत्र तथा प्रमाणपत्रसमेत प्राप्त गर्न सकिनेछ ।’

नेपाल रेडक्रसको सदस्यता पाउन सिण्डिकेट भएको भनी सरकारवालाहरुले लामो समयदेखि प्रश्न उठाउँदै आएका थिए । डा भण्डारीको समिति बनेपछि सरकारले नेपाल रेडक्रस सोसाइटीको सदस्यता वितरण प्रक्रियालाई पारदर्शी र सहज बनाउनका लागि तत्काल एप्स बनाउने कार्यशर्त दिएको थियो ।

नेपाल रेडक्रसमा १२ लाखभन्दा बढी सदस्यहरु रहेको बताइन्छ । ती सबै सदस्यहरुले अनलाइनमा आफ्नो सदस्यता अध्यावधिक गरेपछि मात्र निर्वाचनमा भाग लिने प्रावधानको व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो ।

डा भण्डारीको समितिले सरकारको निर्देशन बमोजिम रेडक्रसको रुपान्तरण र पुस्तान्तरण गर्ने गरी संशोधन गरेको विधान सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

नेपाल रेडक्रस सोसाइटीको अनलाइन सदस्यता लिन वा पुरानो सदस्यता अध्यावधिक गर्नका लागि केहि समस्या वा थप जानकारी आवश्यक भएमा नेपाल रेडक्रस सोसाइटीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

काठमाडौं । विद्यालयमा मोबाइल फोन प्रयोगमा कडाइ गर्दा विद्यार्थीको शैक्षिक प्रदर्शनमा सुधार आउने एक अध्ययनले देखाएको छ ।

#मोबाइल
Compare →
Nagarik News
16h ago
इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

प्रदर्शनमा सहभागीहरूले मोबाइल फोन प्रहरीको नियन्त्रणबाट निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न उठाए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न र बेनलाई तत्काल पदमुक्त गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

#मोबाइल
Compare →
Ekantipur
3d ago
इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

३१ वर्षीय सापकोटा कसरी यति शक्तिशाली व्यक्तिहरूसम्म पुग्न सके ? उनले यी सम्बन्ध किन र कसरी बनाएका थिए ? के उनी आफैँ बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए वा कुनै ठूलो सञ्जालका लागि काम गरिरहेका थिए ?

#मोबाइल
Compare →

Related Stories

Technology
Build #2612