Trending
Prev Story
Next Story

धारिलो हतियार देखाएर मोबाइल लुट्ने तीन जना पक्राउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुधबार बिहान करिब ३:४२ बजे काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकखण्डमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर मोबाइल लुटपाट …

धारिलो हतियार देखाएर मोबाइल लुट्ने तीन जना पक्राउ

४ मंसिर, काठमाडौं । धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान करिब ३:४२ बजे काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकखण्डमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरी फरार भएका थिए ।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई कलंकी बस्ने २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा घर भई कलंकी बस्ने २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लुटपाट गरिएका मोबाइलसमेत बरामद गरेको जनाएको छ ।

उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
दैलेखको ठाटीकाँधमा धारिलो हतियार प्रहारबाट एकै घरका चार जना घाइते, एकको अवस्था गम्भीर

दैलेखको ठाटीकाँधमा धारिलो हतियार प्रहारबाट एकै घरका चार जना घाइते, एकको अवस्था गम्भीर

सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका—४, धनकोट भन्ने ठाउँमा एक जना व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, आज बिहान...

#धारिलो #हतियार
Compare →
Ekantipur
1d ago
विश्वलाई आणविक हतियारविहिन बनाउन गर्न सीको आव्हान, हतियार नस्ट गर्न आग्रह

विश्वलाई आणविक हतियारविहिन बनाउन गर्न सीको आव्हान, हतियार नस्ट गर्न आग्रह

'आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ र पूर्णतः नष्ट गरिनुपर्छ : सी

#हतियार
Compare →
Nagarik News
2d ago
चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

१५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ।

#मोबाइल
Compare →

Related Stories

Technology
Build #2612