Trending
Prev Story
Next Story

वाईफाई नेपालले ल्यायो आफ्नै मोबाइल एप, इन्टरनेटका सबै सुविधा मोबाइलबाटै

Onlinekhabar •
November 18, 2026 • 09:31 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। ग्राहकलाई इन्टरनेट सेवा व्यवस्थापन तथा प्रयोगमा सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले एप सञ्चालनमा ल्याएको हो। एपमार्फत ग्राहकले इन्टरनेटको भुक्तानी विवरण …

वाईफाई नेपालले ल्यायो आफ्नै मोबाइल एप, इन्टरनेटका सबै सुविधा मोबाइलबाटै

२ मंसिर, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। ग्राहकलाई इन्टरनेट सेवा व्यवस्थापन तथा प्रयोगमा सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले एप सञ्चालनमा ल्याएको हो।

एपमार्फत ग्राहकले इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणको विवरण तथा प्रयोगको अवस्था थाहा पाउन सक्नेछन्।

त्यस्तै, नेटटिभी तथा राउटरसम्बन्धी जानकारी हेर्न र इन्टरनेटमा समस्या आएमा समाधानका लागि सहयोग अनुरोध (सपोर्ट टिकट) पठाउन सकिने कम्पनीले जनाएको छ।

एप सञ्चालनमा आएसँगै सामान्य जानकारी तथा सेवाका लागि कम्पनीमा बारम्बार फोन गर्नुपर्ने बाध्यता कम हुने र ग्राहकले आवश्यक सेवा आफ्नै मोबाइलबाट प्राप्त गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।

कम्पनीका अनुसार वाईफाई नेपालको मोबाइल एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ। ग्राहकले त्यहाँबाट एप डाउनलोड गरी सुविधा प्रयोग गर्न सक्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

नेपालमा तीव्र गतिमा विस्तार भइरहेको र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दैआएको वाइफाइ नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटसम्बन्धी विभिन्न जानकारी र सेवाह...

#इन्टरनेट #आफ्नै #मोबाइल
Compare →
Ekantipur
20h ago
वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

ग्राहकलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ।

#इन्टरनेट #आफ्नै #प्रयोग
Compare →
Nagarik News
45m ago
चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

१५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ।

#मोबाइल
Compare →
Bizshala
5h ago
इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दस्तुर विवरण बुझाउन प्राधिकरणको निर्देशन

इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दस्तुर विवरण बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरसम्बन्धी विवरण १० दिनभित्र पेस...

#इन्टरनेट
Compare →

Related Stories

Technology
Build #2612