Trending
Prev Story
Next Story

चरमपन्थी संगठन खालिस्तानी नेताको हत्या प्रयास गरेको आरोपमा अमेरिकामा भारतीय नागरिक निखिललाई १९ वर्ष ७ महिना जेल

Ekantipur •
November 21, 2026 • 05:32 AM
2
2 reads 0 reactions

चरमपन्थी संगठन खालिस्तानी मुभमेन्टका नेता गुरपतवन्त सिंह पन्नूको हत्या प्रयास गरेको आरोपमा भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकाको एक अदालतले १९ वर्ष ७ महिना जेल सजाय सुनाएको छ ।

चरमपन्थी संगठन खालिस्तानी नेताको हत्या प्रयास गरेको आरोपमा अमेरिकामा भारतीय नागरिक निखिललाई १९ वर्ष ७ महिना जेल

चरमपन्थी संगठन खालिस्तानी मुभमेन्टका नेता गुरपतवन्त सिंह पन्नूको हत्या प्रयास गरेको आरोपमा भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकाको एक अदालतले १९ वर्ष ७ महिना जेल सजाय सुनाएको छ ।

काठमाडौँ — चरमपन्थी संगठन खालिस्तानी मुभमेन्टका नेता गुरपतवन्त सिंह पन्नूको हत्या प्रयास गरेको आरोपमा भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकाको एक अदालतले १९ वर्ष ७ महिना जेल सजाय सुनाएको छ ।

५५ वर्षीय गुप्ताले यसै वर्षको सुरुवातमा हत्या गर्न सुपारी दिएको, हत्या षड्यन्त्र र मनी लाउन्डरिङसम्बन्धी आरोप स्वीकार गरेका थिए । शुक्रबार सजाय सुनाउने क्रममा उनले अदालतमा पन्नूसँग माफीसमेत मागेका छन् । आफूले गरेको गल्तीप्रति पछुतो लागेको तर त्यसलाई बदल्न नसक्ने उनले बताएका छन् ।

न्युयोर्कस्थित साउदर्न डिस्ट्रिक्ट कोर्टका न्यायाधीश भिक्टर मारेरोले करिब ८० मिनेटको सुनुवाइपछि सजाय निर्धारण गरेका हुन् ।

गुप्ताले अदालतमा करिब ६ मिनेट अंग्रेजीमा आफ्नो भनाइ राखेका थिए । त्यस क्रममा उनले महात्मा गान्धी, मदर टेरेसा, नेल्सन मन्डेला र मार्टिन लुथर किङको चर्चा गर्दै आफू उनीहरूले देखाएको बाटोमा हिँड्न चाहेको बताए ।

त्यसपछि पन्नूतर्फ फर्केर उनले भने, ‘मैले जे गरेँ, त्यसलाई बदल्न सक्दिनँ । पन्नू, सिख समुदाय र यससँग सम्बन्धित सबैसँग माफी माग्छु । मलाई पछुतो छ ।’

आफ्नो मुद्दाका कारण पत्नी, आमा र छोराछोरीले समेत दुःख भोग्नुपरेको भन्दै उनी भावुक भएका थिए । उनीहरूले कुनै गल्ती नगरेको गुप्ताको भनाइ थियो ।

सुनुवाइका क्रममा पन्नूले पनि अदालतमा आफ्नो भनाइ राखेका थिए । हत्या षड्यन्त्र सार्वजनिक भएयता १२ सय दिनभन्दा बढी समयदेखि आफूले सामान्य रूपमा वकालतको काम गर्न नसकेको बताए ।

करिब २० मिनेट बोलेका पन्नूलाई न्यायाधीशले सुनुवाइ अघि बढाउन आफ्नो भनाइ छोट्याउन आग्रह गरेका थिए । सुनुवाइअघि पन्नूका समर्थकहरू न्युयोर्कस्थित अदालतबाहिर भेला भएका थिए । उनीहरूले गुप्ता र यस घटनासँग जोडिएका अन्य व्यक्तिका पुतला बोकेका थिए । सुनुवाइका बेला पन्नू पनि अदालतमा उपस्थित थिए । उनीसँगै सिख समुदायका केही व्यक्ति पनि आएका थिए ।

अदालतले गुप्तालाई जेल सजायपछि निगरानीमा रिहा गर्ने आदेश दिएको छैन । सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट निष्कासन गर्ने कानुनी प्रक्रिया अघि बढाइने न्यायाधीशले बताएका छन् ।

गुप्ताका वकिलहरूले भने अदालतको फैसलाप्रति निराशा व्यक्त गरेका छन् । आफूहरूले कम सजायको अपेक्षा गरेको उनीहरूको भनाइ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
अमेरिकामा भारतीय नागरिकलाई १९ वर्ष ७ महिना जेल सजाय, के हो घटना ?

अमेरिकामा भारतीय नागरिकलाई १९ वर्ष ७ महिना जेल सजाय, के हो घटना ?

न्यायाधीशले जेल सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट निष्कासन गर्ने कानुनी प्रक्रिया सुरु गरिने बताएका छन्।

#हत्या #अमेरिका #भारतीय
Compare →
Hamro Patro News
3d ago
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान राज्यको श्रीगंगानगर जिल्ला घर ...

#भारतीय #आरोपमा
Compare →
Onlinekhabar
20h ago
अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

४ मङ्सिर, तेहरान (रासस/एएनआई)। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार …

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612