Trending
Prev Story
Next Story

तल्लो तहका प्रहरीको गुनासो सुन्न डेस्क स्थापना

Ekantipur •
November 21, 2026 • 03:32 AM
2
2 reads 0 reactions

महानिरीक्षक डा मनोजकुमार केसीले शुभारम्भ गरेको डेस्कले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ कर्मचारीका समस्या सम्बोधन गर्नेछ।

तल्लो तहका प्रहरीको गुनासो सुन्न डेस्क स्थापना

महानिरीक्षक डा मनोजकुमार केसीले शुभारम्भ गरेको डेस्कले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ कर्मचारीका समस्या सम्बोधन गर्नेछ।

काठमाडौँ — नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो सुनुवाइका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीको समस्या, गुनासो तथा कठिनाइको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्नका लागि उक्त डेस्क स्थापना गरेको हो ।

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध आधारभूत तहका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फर्म लिंक पठाएका थिए ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको मुख्य उद्देश्य नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीहरूको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
20h ago
प्रहरी संगठनमा आईजीपी मनोजकुमार के.सी.को नयाँ पहल, अब तल्लो तहका प्रहरी कर्मचारीले सिधै नेतृत्वसमक्ष गुनासो राख्न पाउने !

प्रहरी संगठनमा आईजीपी मनोजकुमार के.सी.को नयाँ पहल, अब तल्लो तहका प्रहरी कर्मचारीले सिधै नेतृत्वसमक्ष गुनासो राख्न पाउने !

प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.द्वारा आज २०८३ मंसिर ४ गते नेपाल प्रहरी प्रधान कार्यालयमा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको विधिवत् उद्घाटन गरी सेवा प्रारम्भ गरिएको छ। आधारभूत तहका प्रहरी ...

#तहका #गुनासो #कर्मचारी
Compare →
Onlinekhabar
1d ago
आधारभूत तहका प्रहरीका गुनासो सम्बोधन गर्न एसपीको कमाण्डमा बनाइयो टोली

आधारभूत तहका प्रहरीका गुनासो सम्बोधन गर्न एसपीको कमाण्डमा बनाइयो टोली

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीको आधारभूत तह (प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म)का कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टोली नै गठन गरेको छ । अपराध अनुसन्धान विभागका एसपी गोविन्द पुरीको नेतृत्वमा …

#गुनासो #कर्मचारी #तहका
Compare →
Nagarik News
1d ago
आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गर्दै एमाले

आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गर्दै एमाले

नेकपा (एमाले)ले आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्दैछ।

#तहका
Compare →

Related Stories

National (Nepal)
Build #2612