Trending
Prev Story
Next Story

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

Arthasansar •
October 23, 2026 • 01:31 AM
1
1 reads 0 reactions

चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार साँझ गएको ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना...

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार साँझ गएको ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाग्कु सहरमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्। घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

नाग्कु सञ्चार कार्यालयले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पबाट ठूलो भौतिक क्षति भएको जनाएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २१ जनालाई सामान्य चोटपटक लागेको छ। भूकम्पबाट घरबारविहीन भएका नागरिकलाई अस्थायी आश्रय उपलब्ध गराउन प्रहरी तथा अग्नि नियन्त्रण विभागका उद्धार टोली परिचालन भएका छन्। उनीहरूले प्रभावित क्षेत्रमा अस्थायी पाल निर्माण गर्ने कार्य गरिरहेका छन्। चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प तिब्बतको उक्त क्षेत्रमा पछिल्लो पाँच वर्षयताकै शक्तिशाली भूकम्प हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जनाको
Compare →
Hamro Patro News
6h ago
रुखबाट लडेर एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभा- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । ...

#मृत्यु #जनाको
Compare →
Ekantipur
12h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#मृत्यु #जनाको
Compare →
Nagarik News
3h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#चीन
Compare →

Related Stories

Science & Climate
Build #2611