मन्दिर निर्माण समितिका अध्यक्ष टुकमान गुरुङका अनुसार बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट १५ लाख रुपैयाँ, भरतपुर महानगरपालिकाबाट ८ लाख रुपैयाँ र भरतपुर–१८ को वडा कार्यालयबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । सरकारी अनुदानसँगै स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट समेत आर्थिक सहयोग जुटिरहेको उनले बताए ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म सरकारी अनुदान र व्यक्तिगत तथा संस्थागत सहयोग गरी कुल ४४ लाख ३३ हजार ३१८ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको तथा प्रतिबद्धता आएको छ । मन्दिर निर्माणलाई पूर्णता दिन स्थानीयस्तरमा सहयोग अभियानलाई निरन्तरता दिइएको समितिले जनाएको छ ।
Read full story at source ( newsofnepal.com )