Trending
Prev Story
Next Story

‘जनताको आलोचना होइन विश्वास जित्नुहोस्’

Nagarik News •
November 20, 2026 • 03:00 PM
1
1 reads 0 reactions

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनप्रतिनिधिहरुलाई जनताको आलोचना होइन विश्वास जित्न निर्देशन दिएका छन् ।

‘जनताको आलोचना होइन विश्वास जित्नुहोस्’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले  जनप्रतिनिधिहरुलाई जनताको आलोचना होइन विश्वास जित्न निर्देशन दिएका छन् ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई आज पार्टी केन्द्रीय कार्यलय च्यासलमा सम्बोधन  गर्दै  महासचिव पोखरेलले निर्वाचनका समयमा जसरी जनतासँग विनम्रता प्रदर्शन गरियो चुनाव जितेपछि पनि त्यस्तै विनम्र व्यवहार गर्न आग्रह गरेका छन् ।

महासचिव पोखरेलले जनताले गल्ती गरे भनेर उनीहरुलाई होच्याउने र गाली गर्ने होइन उनीहरुलाई सम्झाउने जिम्मा पनि जनप्रतिनिधिकै भएको बताए । ‘जनताले गल्ती गरेर भनेर गाली गर्ने होइन । उनीहरुलाई सम्झाउने जिम्मा हाम्रो हो’ महासचिव पोखरेलले भने ‘जनतालाई सम्झाउनुहोस । उनीहरुसँग नजिक हुनुहोस र आगामी निर्वाचन जित्ने वातावरण बनाउनुहोस ।’

महासचिव पोखरेलले जनप्रतिनिधिले जनअपेक्षा  अनुरुप काम गरे कि गरेनन् भनेर आगामी निर्वाचनले स्पष्ट पार्ने बताए । ‘तपाईंहरुले कस्तो काम गर्नुभयो भनेर आगामी निर्वाचनपछि मूल्यांकन हुन्छ’ महासचिव पोखरेलले भने ‘आउने चुनावपछि आफ्नै पार्टीका जनप्रतिनिधिलाई जिम्मा लगाउनुभयो भने तपाईंहरुले जनअपेक्षा अनुसार काम गरेको ठहर्छ । मूल्यांकन पनि त्यसै अनुसार हुन्छ ।’

एमालेका जनप्रतिनिधिले सुशासनको नेतृत्व गर्नुपर्ने बताए । प्रदेशका राजधानी भएका ठाउँका पालिकाहरुले प्रदेश सरकारले गरेका कामहरुको पनि निगरानी गर्न आग्रह गरेका छन् ।

प्रकाशित: ४ मंसिर २०८३ २०:४५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
सरकार प्रतिशोधको बाटोमा अघि बढ्यो, लोकतान्त्रिक मूल्य कमजोर बनायो : महासचिव पोखरेल

सरकार प्रतिशोधको बाटोमा अघि बढ्यो, लोकतान्त्रिक मूल्य कमजोर बनायो : महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाउनुभएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक...

#पोखरेल #नेकपा
Compare →
Ekantipur
1d ago
भण्डारीद्वारा सरकारको आलोचना, संविधान रक्षाका लागि दलहरूलाई एकजुट हुन आग्रह

भण्डारीद्वारा सरकारको आलोचना, संविधान रक्षाका लागि दलहरूलाई एकजुट हुन आग्रह

एमालेको राष्ट्रिय भेलामा उनले महँगी, रोजगारी संकट, व्यापार घाटा र शान्ति सुरक्षाबारे जनगुनासा बढेको भन्दै सहकार्यको आग्रह गरिन्।

#आलोचना
Compare →
Onlinekhabar
6d ago
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#विश्वास
Compare →

Related Stories

Politics & Governance
Build #2612