Trending
Prev Story
Next Story

पाटनको मल्लकालीन अष्टमातृका नाच सम्पन्न

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

६ कात्तिक, काठमाडौं। परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ । हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु भएर ११ दिनसम्म मनाइने …

पाटनको मल्लकालीन अष्टमातृका नाच सम्पन्न

६ कात्तिक, काठमाडौं। परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ ।

हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु भएर ११ दिनसम्म मनाइने यो जात्रा यस वर्षपनि परम्परागत विधि तथा धार्मिक आस्थाका साथ प्रदर्शन गरिएको अष्टमातृका नाच प्रवन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।

मल्लकालीन राजा श्रीनिवास मल्लको पाला (नेपाल संवत् ७८४) देखि प्रदर्शनमा ल्याइएको यो तान्त्रिक नृत्य करिब ३६२ वर्ष पुरानो मानिन्छ ।

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिन ललितपुरको नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेर यो नाचको प्रारम्भ गरिन्छ, यस ऐतिहासिक नाचले नेवा सभ्यताको मौलिकता, धार्मिक विश्वास र सांस्कृतिक वैभवलाई जीवन्त बनाउँदै आइएको छ ।

नाच प्रवन्ध समितिका अध्यक्ष शाक्यका अनुसार नेवार समुदायको शाक्य र बज्राचार्य वंशका कलाकारहरू सहभागी हुने यो नाच मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकाल (नेपाल संवत् ७८४) देखि देशमा शान्ति, सुरक्षा र समृद्धि कायम गर्ने तथा मानव जीवनका ८ वटा महाभय (जल, अग्नि, सिंह, सर्प, हात्ती, चोर, झ्यालखाना र भूतप्रेत) बाट मुक्ति पाउने जनविश्वासका साथ सुरु गरिएको इतिहास छ ।

घटस्थापनाको दिन बाजागाजासहित नागबहाल–पट्को हुँदै मङ्गलबजार पुगेका देवगणहरूलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गराएसँगै यो नाच औपचारिक रूपमा सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो ।

सुरुका चार दिन नकबहिलबाट सुरु भई पाटन दरबार क्षेत्रको मूलचोकमा प्रदर्शन गरी पुनः नकबहिलमा प्रदर्शन गरेर यो नाच सम्पन्न गरिएको हो ।

पाँच दिन रातिको समयमा कातिक डबलीमा नाच देखाइएको यो नाच फूलपाती र विजया दशमीका दिन दिउँसो मूलचोकमा तथा अन्तिम दिन अर्थात् एकादशीका दिन आज नकबहिल डबलीमा विशेष नृत्य प्रदर्शन गरी यस वर्षको अष्टमातृका नाच समापन भएको छ ।

शक्तिको उपासनासँग सम्बन्धित यस नाचमा सहभागी १३ देवगणका लागि देवीदेवताका मखुण्डो, परम्परागत तान्त्रिक भेषभूषा र विशेष गरगहना पहिर्याइ मण्डलाकार बनाएर तान्त्रिक विधिपूर्वक नचाइन्छ । प्रत्येक देवगणको फरकफरक तान्त्रिक मुद्रा र भावभङ्गी हुने भएकाले यसलाई हेर्न स्थानीयवासी र संस्कृतिप्रेमीहरूको ठूलो भीड लाग्ने गर्दछ ।

यस नाचमा सिंघ्रिणी (श्वेत वर्ण), भैरव (नील वर्ण), गणेश(श्वेत वर्ण), कुमार (रक्त वर्ण), ब्रम्हायणी (कुकुम वर्ण), महेश्वरी (श्वेत वर्ण), कौमारी (रक्त वर्ण), वैष्णवी (हरित वर्ण), बाराही (रक्त वर्ण), इन्द्रायणी (कुुकुम वर्ण), चामुण्डा (रक्त वर्ण), महालक्ष्मी (रक्त वर्ण), व्याघ्रिणी (पीत वर्ण)का १३ देवगणहरू सहभागी हुन्छन् ।

युवा वाद्ययवादक शैलेन्द्र शाक्य विगत २६ वर्षदेखि अष्ठमातृका नाचमा कौमारी, भैरव बनेर, आयर्म बज्राचार्यले सिंघ्रिणी र सुप्रिन्स शाक्यले समेत विगत दश वर्षदेखि व्यघ्रिणीको भूमिकामा नाच्दै आएका छन् ।

आहारविहार शुद्धी गरी घटस्थापनाको अघिल्लो रात तन्त्र साधना गरिसकेपछि बिहान न्याखाचुकको नित्यनाथ मन्दिर प्राङ्गणमा देवगण कलेवर पोसाक, गरगहनासहित तर मुकुन्डो नलगाई त्यहाँबाट क्रमबद्ध भएर नागबहाल हुँदै नकवहिल पुग्ने गर्छन्। त्यसै दिन बेलुकादेखि यो नाच शुरू हुने गर्दछ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4d ago
सात तालमा जीवन्त अर्घाखाँचीको भैरव नाच

सात तालमा जीवन्त अर्घाखाँचीको भैरव नाच

परम्परागत बाजा, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासतलाई मात्र नभइ सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई समेत उजागर गर्दै आएको छ ।

#धार्मिक #नाच
Compare →
Hamro Patro News
4h ago
कार्तिक नाच सुरु, तस्बिरहरू

कार्तिक नाच सुरु, तस्बिरहरू

काठमाडाैँ । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु भएको छ। यस वर्ष कार्तिक नाच १२ दिनसम्म प्रदर्शन गरिने भएको छ। कात्तिक ना...

#नाच
Compare →
Nagarik News
4d ago
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।

#नाच
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611