Trending
Prev Story
Next Story

नेपालीमूलका धरेल लिबरलका उम्मेदवार

Ekantipur •
November 20, 2026 • 07:02 AM
4
4 reads 0 reactions

भिक्टोरिया राज्यमा यही महिनाको २८ तारिख शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लिबरल पार्टीबाट उनी राज्यको नर्दन मेट्रोपोलिटन क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

नेपालीमूलका धरेल लिबरलका उम्मेदवार

भिक्टोरिया राज्यमा यही महिनाको २८ तारिख शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लिबरल पार्टीबाट उनी राज्यको नर्दन मेट्रोपोलिटन क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

अस्ट्रेलिया — भिक्टोरिया राज्यमा हुन गइरहेको निर्वाचनमा नेपालीमूलका शंकर धरेल संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । अस्ट्रेलियाको दोस्रो ठूलो पार्टी लिबरलबाट राज्यको निर्वाचनमा उम्मेदवार बन्ने धरेल नेपालीमूलका पहिलो व्यक्ति हुन् ।

भिक्टोरिया राज्यमा यही महिनाको २८ तारिख शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लिबरल पार्टीबाट उनी राज्यको नर्दन मेट्रोपोलिटन क्षेत्रबाट उम्मेदवार बनेका हुन् । भिक्टोरियामा तल्लो सदनमा ८८ जना निर्वाचित हुने प्रावधान छ भने माथिल्लो सदनलाई ८ क्षेत्रमा विभाजन गरिएको छ, जसमा हरेक क्षेत्रबाट ५ जना निर्वाचित हुने ब्यवस्था गरिएको छ । भिक्टोरिया राज्यमा हरेक ४ वर्षमा निर्वाचन हुने गर्दछ ।

लामो समयदेखि भिक्टोरियामा बसोबास गर्दै आएका धरेल नेपालको चितवनबाट सन् २०१३ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका हुन् । उनी अहिले भिक्टोरियामा अधिवक्ताका रुपमा कार्यरत छन् । लिबरल पार्टीमा लामो समयदेखि आबद्ध उनी उक्त पार्टीबाट राज्यको संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाउने पहिलो नेपालीमूलका अस्ट्रेलियाली नागरिक हुन् ।

अबको करिब एकसातापछि हुने निर्वाचनको प्रि–पोल यसअघि नै खुलिसकेको छ । जसमा नागरिकलाई निर्वाचनको दिनभन्दा अघि नै मत खसाल्न पाउने अधिकार दिइएको छ । हरेक दिन मतदान केन्द्रमा उपस्थित भएर मत मागिरहेका भेटिने धरेलले कान्तिपुरसँगको कुराकानीमा नेपालीमूलको नागरिकले संसदमा दोस्रो ठूलो दलको तर्फबाट उम्मेदवारी पाउनु गर्वको विषय भएको सुनाए ।

उनले आफूलाई नेपाली समुदायबाट उल्लेख्य सहयोग प्राप्त भइरहेको सुनाउँदै जितहार जे भए पनि आफ्नो समुदाय र निर्वाचनक्षेत्रका लागि गरिरहेको कामलाई निरन्तरता दिने बताए । ‘विद्यार्थीको रुपमा आएको नेपालीले यो स्तरको अवसर विस्वास पाउनु आफैंमा गर्वको विषय हो,’ धरेलले सुनाए ।

उनले अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपालीलाई स्थानीय राजनीतिमा आउन प्रेरित गर्ने बताए । ‘अहिले हामीले विस्तारै जुन अवसर पाइरहेका छौं, त्यसले यहाँ जन्मिएर हुर्किरहेका दोस्रो पुस्ताका नेपालीलाई अस्ट्रेलियाली राजनीति बुझ्न र अघि बढ्न प्रेरित गर्छ ।’ उनी आफूले पाएको अवसरले यहाँ रहेका समग्र नेपालीको परिचयलाई समेत विस्तृत बनाउन मद्दत गर्ने बताए । उनले लिबरलबाट उम्मेदवारी पाए पनि जितेपछि आफूले कुनै दल वा समूह नभनी सबैको लागि प्रतिनिधिका रुपमा काम गर्ने विश्वास दिलाए ।

‘हो निर्वाचनमा हारजीत हुन्छ नै, तर नतिजा जे भए पनि नेपाली र अन्य सबै समुदाय र समग्र पार्टीको गरिरहेको काममा कुनै कमी हुन दिनेछैन ।’ उनले आफू विजयी हुनेमा विश्वस्त रहेको समेत सुनाए ।

अस्ट्रेलियामा विगत केही समयदेखि रास्ट्रिय, राज्य र स्थानीयस्तरको राजनीतिमा नेपालीमूलका नेपालीले स्थान पाउने क्रम बढ्दै गएको छ । यसपहिले न्यु साउथ वेल्स राज्यबाट प्रमेज श्रेष्ठ, विनोद पौडेल, पश्चिम अस्ट्रेलियाबाट भुवन खड्काले पनि मुख्य दलहरुबाट उम्मेवारी पाएका थिए । यद्यपी उनीहरुले जीत भने हासिल गर्न सकेनन् भने दक्षिण अस्ट्रेलिया, न्यु साउथ वेल्स राज्यबाट स्थानीय राज्यतहमा केही नेपालीमूलका उम्मेदवारले काउन्सिलरमा जीत हासिल गरिसकेका छन् ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
नेपालीमूलका धरेल लिबरलका उम्मेदवार

नेपालीमूलका धरेल लिबरलका उम्मेदवार

नेपालीमूलका धरेल लिबरलका उम्मेदवार भिक्टोरिया राज्यमा यही महिनाको २८ तारिख शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लिबरल पार्टीबाट उनी राज्यको नर्दन मेट्रोपोलिटन क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।...

#निर्वाचन #राज्य #उम्मेदवार
Compare →
Nagarik News
1d ago
एमालेका स्थानीय नेतालाई शंकर पोखरेलले भने- उम्मेदवार आफैं छानेर जिताउनुहोस्

एमालेका स्थानीय नेतालाई शंकर पोखरेलले भने- उम्मेदवार आफैं छानेर जिताउनुहोस्

आगामी निर्वाचनमा कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र उनीहरूलाई जिताउने जिम्मेवारीसमेत लिनुपर्ने उनको प्रस्ताव छ।

#उम्मेदवार
Compare →
Onlinekhabar
1d ago
उपराष्ट्रपति जेडी भान्सले २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी देलान् ?

उपराष्ट्रपति जेडी भान्सले २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी देलान् ?

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे नयाँ वर्ष (सन् २०२७) नलागेसम्म अन्तिम निर्णय नलिने भएका छन्। भान्सका योजनाबारे जानकार दुई स्रोतले अमेरिकी समाचार संस्था 'एक्सियोस' लाई बताए …

#निर्वाचन #उम्मेदवार
Compare →

Related Stories

National (Nepal)
Build #2612