Trending
Prev Story
Next Story

लुम्बिनी कांग्रेस महामन्त्रीमा पोख्रेलको दाबी

Nagarik News •
November 20, 2026 • 05:14 AM
6
6 reads 0 reactions

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल नेपाली कांग्रेसको सकृय राजनीतिमा होमिएका छन्।

लुम्बिनी कांग्रेस महामन्त्रीमा पोख्रेलको दाबी

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल नेपाली कांग्रेसको सकृय राजनीतिमा होमिएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका पोख्रेल कांग्रेस लुम्बिनी प्रदेशको पदाधिकारी बन्ने दौडमा लागेका छन्।

उनी कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा आकांक्षी देखिएका छन्। आफूलाई कांग्रेसको प्रदेश महामन्त्रीको रूपमा उद्घोष गरेका विपुलले प्रदेश तहमा भेटघाट तथा समन्वय गरिरहेका छन्।

उनले बुधबार मात्रै लुम्बिनी कांग्रेसका केही पदाधिकारी सम्मिलित भेलामा आफ्नो उम्मेदवारी समेत घोषणा गरे। कांग्रेसका उपसभापति भुवन श्रेष्ठ, महामन्त्री सुरेन्द्र आचार्य, कोषाध्यक्ष प्रकाश रानासहित दाङको घोराहीमा भएको कांग्रेस नेता तथा कार्यकर्ताहरूको भेलामा विपुलले आफ्नो उम्मेदवारी महामन्त्री पदमा रहने घोषणा गर्दै सहयोगका लागि अपिल गरे।

‘नेपाली कांग्रेसको प्रदेश संरचनालाई बलियो बनाउन र पार्टीमा प्रदेश संरचनाको महत्व कायम गर्ने विषयलाई मध्यनजर गर्दै म आफूलाई प्रदेश महामन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छु,’ पोख्रेलले भने।

पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत प्रदेश र जिल्ला अधिवेशन हुन बाँकी छन्। यि दुई तहका अधिवेशनहरू बाँकी रहँदा कांग्रेसीहरूलाई फेरि आन्तरिक चुनावी माहोलले तताउन थालेको छ। बुधबार दाङ आइपुगेका उपसभापति भुवन श्रेष्ठ र महामन्त्री सुरेन्द्र आचार्य प्रदेश सभापति पदका आकांक्षी हुन्। उनीहरू दुवैले सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै जिल्ला दौडाहलाई व्यापक बनाएका छन्।

यसैगरी, अर्का उपसभापति राजु खनालले पनि आफू प्रदेश सभापति पदको उम्मेदवार रहने घोषणा गरेका छन्। महामन्त्रीमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेल संगै कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना आकांक्षी देखिएका छन्।

यसैबिच, कांग्रेस प्रदेश नेतृत्वका लागि आकांक्षीहरूले दौडधुप गरिरहँदा प्रदेश सभापति अमर सिंह पुन भने प्रदेश कार्यसमितिलाई सर्वसम्मत बनाउने प्रयासमा आफू रहेको बताएका छन्। उम्मेदवारका आकांक्षीहरूले भेटघाट, छलफललाई निरन्तरता दिइरहेको भए पनि आफू भने प्रदेश नेतृत्वलाई सर्वसम्मत बनाउने अभियानमा लागिरहेको बताए।

‘अहिले आकांक्षीहरूले अकांक्षा व्यक्त गर्नु सामान्य विषय हो,’ सभापति पुनले भने ‘तर मेरो अधिकतम प्रयास प्रदेश कार्यसमितिलाई सर्वसम्मत बनाउनु रहने छ, म अहिले यही प्रयासका साथ लागिरहेको छु।’

प्रकाशित: ४ मंसिर २०८३ १०:५९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
‘सरकार नै कांग्रेस फुटाउन सक्रिय छ’

‘सरकार नै कांग्रेस फुटाउन सक्रिय छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बालेन शाह नेतृत्वको सरकारले तर्साएर शासन चलाउन खोजेको आरोप लगाएका छन् । उनको थप आरोप छ- यो सरकारले कांग्रेसलाई दुई टुक्रा बनाउन चाहेको छ । कांग्रेसको आन्तरिक विवादमा अहिलेको सरकारले …

#कांग्रेस #महामन्त्री
Compare →
Hamro Patro News
3d ago
हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

३० कात्तिक, पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु ...

#कांग्रेस #महामन्त्री
Compare →
Ekantipur
6h ago
दशौँ राष्ट्रिय खेलकुदका ४  खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका ४  खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

नेपालगन्जदेखि भुरीगाउँसम्म खेलस्थल सजिँदै छन्, जहाँ राष्ट्रिय खेलाडीले घरेलु दर्शकसामु पदकका लागि उत्कृष्ट प्रदर्शन गर्नेछन्।

#लुम्बिनी
Compare →
Bizshala
17h ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#लुम्बिनी
Compare →
Arthasansar
2d ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#लुम्बिनी
Compare →

Related Stories

Politics & Governance
Build #2612