Trending
Prev Story
Next Story

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी तीव्र

Ekantipur •
November 20, 2026 • 05:33 AM
6
6 reads 0 reactions

महोत्सव व्यवस्थापनका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि गेट, पण्डाल व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा विद्युत् आपूर्तिलगायतका समिति तथा उपसमिति गठन गरिएको छ ।

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी तीव्र

महोत्सव व्यवस्थापनका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि गेट, पण्डाल व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा विद्युत् आपूर्तिलगायतका समिति तथा उपसमिति गठन गरिएको छ ।

काठमाडौँ — जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ ।

महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो । जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले मंसिर २३ गतेदेखि सुरु हुने साताव्यापी विवाहपञ्चमी महामहोत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ ।

मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवकाअनुसार महोत्सव व्यवस्थापनका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि गेट, पण्डाल व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा विद्युत् आपूर्तिलगायतका समिति तथा उपसमिति गठन गरिएको छ । उनले महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सरकारी निकायबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताए ।

विवाहपञ्चमीमा नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु तथा दर्शनार्थी जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, सत्कार र सुविधालाई प्राथमिकतामा राख्न बैठकका सहभागीहरूले जोड दिएका थिए ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको अगुवाइमा भएको सर्वपक्षीय बैठकले महोत्सवमा सहभागी हुन आउने श्रद्धालु तथा दर्शनार्थीको स्वागत र व्यवस्थापनमा कुनै कमी हुन नदिन जनकपुरधामवासीलाई आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
विवाहपञ्चमी महोत्सवको तयारी सुरु

विवाहपञ्चमी महोत्सवको तयारी सुरु

• जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ, जसमा महन्थ रामतपेश्वर दासको अध्यक्षतामा सर्वपक्षिय बैठकले उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ। • महोत्सवका कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछन्…

#महोत्सव #तयारी #विवाहपञ्चमी
Compare →
Bizshala
1h ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#तयारी #तीव्र
Compare →
Onlinekhabar
1h ago
स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाएको छ । यस अन्तर्गत राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरिरहेको छ । निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि …

#तयारी
Compare →
Nagarik News
6h ago
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

#तयारी
Compare →

Related Stories

Sports
Build #2612