Trending
Prev Story
Next Story

कर्णालीमा राइड सेयरिङको भाडादर तोक्ने तयारी, मनपरी शुल्क नियन्त्रण गरिने

Onlinekhabar •
November 20, 2026 • 01:01 AM
2
2 reads 0 reactions

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालनलाई व्यवस्थित बनाउन सवारीसाधनको भाडादर र सेवा शुल्क निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको छ । यात्रुसँग मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्दै सेवा प्रदायकलाई …

कर्णालीमा राइड सेयरिङको भाडादर तोक्ने तयारी, मनपरी शुल्क नियन्त्रण गरिने

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालनलाई व्यवस्थित बनाउन सवारीसाधनको भाडादर र सेवा शुल्क निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको छ । यात्रुसँग मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्दै सेवा प्रदायकलाई निश्चित मापदण्डभित्र ल्याउन प्रस्तावित भाडादर स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्काले जानकारी दिइन ।

कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा नियमन तथा व्यवस्थापन नियमावली, २०८३ बमोजिम सेवा सञ्चालनलाई पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउन भाडादर निर्धारण प्रक्रिया अघि बढाइएको मन्त्री खड्काले बताइन् ।

प्रस्तावित व्यवस्थाअनुसार कर्णालीका १० जिल्लालाई भौगोलिक अवस्था र सेवा सञ्चालनको प्रकृतिका आधारमा दुई समूहमा विभाजन गरी छुट्टाछुट्टै भाडादर प्रस्ताव गरिएको छ। हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटलाई पहिलो समूहमा तथा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमलाई दोस्रो समूहमा राखिएको छ।

प्रस्तावमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको न्यूनतम भाडादर, प्रतिकिलोमिटर शुल्क, यात्रु चढाउने तथा ओराल्ने दूरी र पानी परेको अवस्थामा लाग्ने अतिरिक्त शुल्कलगायतका व्यवस्था समेटिएका छन् । त्यस्तै, सेल्फ ड्राइभ सेवामा सवारीसाधनको प्रकारअनुसार २४ घण्टाको अधिकतम भाडा, विलम्ब शुल्क र अतिरिक्त समयको शुल्कसमेत निर्धारण गर्न प्रस्ताव गरिएको छ ।

प्रस्तावित दरअनुसार पहिलो समूहका जिल्लामा १०० देखि १६० सीसीसम्मका मोटरसाइकलको २४ घण्टाको अधिकतम भाडा दुई हजार रुपैयाँ र विलम्ब शुल्क २५० रुपैयाँ प्रस्ताव गरिएको छ। १६१ सीसीभन्दा माथिका मोटरसाइकलको तीन हजार ५०० रुपैयाँ भाडा र ४०० रुपैयाँ विलम्ब शुल्क प्रस्ताव गरिएको छ।

त्यस्तै, एक हजार सीसीसम्मका साधारण कारको दैनिक भाडा छ हजार ५०० रुपैयाँ र विलम्ब शुल्क ५०० रुपैयाँ तथा एसयूभी/४×४ जिपको दैनिक भाडा १२ हजार रुपैयाँ र विलम्ब शुल्क एक हजार ५०० रुपैयाँ प्रस्ताव गरिएको छ।

दोस्रो समूहका जिल्लामा १०० देखि १६० सीसीसम्मका मोटरसाइकलको दैनिक भाडा एक हजार २०० रुपैयाँ र विलम्ब शुल्क १५० रुपैयाँ प्रस्ताव गरिएको छ। १६१ सीसीभन्दा माथिका मोटरसाइकलको दुई हजार ५०० रुपैयाँ भाडा र ३०० रुपैयाँ विलम्ब शुल्क प्रस्ताव गरिएको छ।

साधारण कार तथा ह्याचब्याकको दैनिक भाडा चार हजार ५०० रुपैयाँ र विलम्ब शुल्क ५०० रुपैयाँ तथा एसयूभी र लक्जरी जिपको दैनिक भाडा नौ हजार रुपैयाँ र विलम्ब शुल्क एक हजार रुपैयाँ प्रस्ताव गरिएको छ।

सेल्फ ड्राइभ सेवामा पहिलो समूहका जिल्लामा दैनिक २५० किलोमिटर र दोस्रो समूहका जिल्लामा ३०० किलोमिटरको सीमा प्रस्ताव गरिएको छ।

उक्त सीमाभन्दा बढी सवारी चलाएमा पहिलो समूहमा प्रतिकिलोमिटर १५ रुपैयाँ र दोस्रो समूहमा प्रतिकिलोमिटर १० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने व्यवस्था गर्न सिफारिस गरिएको छ।

मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रणको लक्ष्य

भाडामा मनपरी, यात्रुलाई असहजता र सेवामा अन्योल सिर्जना हुने अवस्था अन्त्य गर्दै सेवा प्रदायकलाई समेत स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले यो व्यवस्था अघि बढाइएको मन्त्री खड्काले बताइन् ।

प्रस्तावित दर स्वीकृत भई कार्यान्वयनमा आएपछि राइड शेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन थप व्यवस्थित हुने र सेवाग्राहीले तोकिएको मापदण्डअनुसार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको उनकाे भनाइ छ।

प्रस्तावित भाडादर तथा व्यवस्थापनसम्बन्धी निर्णय ३ मंसिरमा गरिएको हो । स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको उक्त भाडादर मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
दशौं राष्ट्रिय खेलकुदबाट कर्णालीको छवि बदल्ने लक्ष्य छ : सदस्यसचिव चन्द्र

दशौं राष्ट्रिय खेलकुदबाट कर्णालीको छवि बदल्ने लक्ष्य छ : सदस्यसचिव चन्द्र

उद्घाटन समारोहमा प्रदेशका दसवटै जिल्लाको पहिचान झल्किने गरी सांस्कृतिक झाँकी, नाचगान, बाजागाजा र परम्परागत प्रस्तुतिहरू समेट्ने योजना बनाइएको छ।

#कर्णाली
Compare →
Hamro Patro News
14h ago
कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

३ मंसिर, बाजुरा । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ । गत वर्ष पनि ३ अर्ब रुपैयाँभ...

#कर्णाली
Compare →
Nagarik News
1d ago
फुकोट कर्णाली आयोजना अघि बढाउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

फुकोट कर्णाली आयोजना अघि बढाउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

कालीकोटमा उत्पादन हुने फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।

#कर्णाली
Compare →
Bizshala
2d ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको...

#कर्णाली
Compare →
Arthasansar
4d ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#कर्णाली
Compare →

Related Stories

National (Nepal)
Build #2612