Trending
Prev Story
Next Story

स्थानीय र प्रदेश सरकार प्रतिस्पर्धी होइन, सहयोगी बन्नुपर्छ : मुख्यमन्त्री शाही

Nagarik News •
November 19, 2026 • 12:58 AM
2
2 reads 0 reactions

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय व्यवस्था सफल बनाउन वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्।

स्थानीय र प्रदेश सरकार प्रतिस्पर्धी होइन, सहयोगी बन्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय व्यवस्था सफल बनाउन वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्।

गाउँपालिका महासङ्घ कर्णाली प्रदेश सुर्खेतद्वारा आयोजित स्थानीय सरकारको एक दशकः ‘अन्तरसरकार समन्वय, वित्तीय सङ्घीयता कार्यान्वयनको प्रगति तथा सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरणको समीक्षा र आगामी वर्षको कार्यदिशा’ विषयक प्रदेशस्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्।

उनले संविधानको मर्मबमोजिम प्रदेश सरकार तथा स्थानीय तह सञ्चालन हुन सके मात्र नागरिकलाई सङ्घीय व्यवस्थाको सकारात्मक अनुभूति हुने बताए।

उनले भने, 'स्थानीय र प्रदेश सरकार प्रतिस्पर्धी होइन, सहयोगी बन्नुपर्छ। समन्वय र सहकार्यका माध्यमबाट अगाडि बढ्नुपर्छ। दुई तहको सरकार बीचको सहकार्यले मात्रै जनताको आवाश्यकताअनुसार काम गर्न सकिन्छ। आवश्यक कुरामा सहकार्य, समन्वय गरी अगाडि बढेर केन्द्र सरकारलाई सङ्घीयता कार्यान्वयनका लागि वाञ्छनीय दबाब दिनैपर्छ।'

अधिकारका विषयमा सबै तहका सरकारको आपसी सहकार्य र समन्वय जरुरी रहेको उनको भनाइ थियो। प्रदेश तथा स्थानीय सरकार बलियो नभई सङ्घीय व्यवस्था सुदृढीकरण हुन नसक्ने छलफलका सहभागीको धारणा थियो।

प्रकाशित: ३ मंसिर २०८३ ०६:४३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
बागमतीका मुख्यमन्त्री भन्छन्- करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ

बागमतीका मुख्यमन्त्री भन्छन्- करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ

१ मंसिर, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज  आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री …

#मुख्यमन्त्री #बताए
Compare →
Ekantipur
11h ago
शिर मेमोरियलमा संघले बंकर बनाओस्, हामी मेसिन दिन्छौं : मुख्यमन्त्री थापामगर

शिर मेमोरियलमा संघले बंकर बनाओस्, हामी मेसिन दिन्छौं : मुख्यमन्त्री थापामगर

रेडियोथेरापी मेसिनका लागि प्रदेशको २ करोड विनियोजन, थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता

#मुख्यमन्त्री
Compare →
Hamro Patro News
1d ago
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ द...

#शाही
Compare →

Related Stories

Politics & Governance
Build #2612