Trending
Prev Story
Next Story

सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबिच सम्झौता

Nagarik News •
November 19, 2026 • 02:59 PM
3
3 reads 0 reactions

सिप तथा रोजगार मेला सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच सम्झौता भएको छ।

सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबिच सम्झौता

सिप तथा रोजगार मेला सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच सम्झौता भएको छ।

बिहीबार भएको सो सम्झौताबमोजिम मन्त्रालय र महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने भएको छ।

रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारी अवसर सिर्जना गर्ने तथा उद्योग-व्यवसायको वास्तविक जनशक्ति आवश्यकता अनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको महासंघले जनाएको छ।

बिहीबार मन्त्रालयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा मेला सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सो सम्झौतामा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघका तर्फबाट उपाध्यक्ष तथा रोजगार परिषद् उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगार सम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ भने महासंघले मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयन नेतृत्व महासंघले गर्नेछ।

यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ।

सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार प्रवर्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्नु, श्रम बजारको माग अनुसार दक्ष जनशक्ति विकास गर्नु र सिपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको महासंघ उपाध्यक्ष तथा रोजगार परिषद् सभापति पाण्डेले जानकारी दिए।

मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदाता सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्ति विवरण सङ्कलन गरिनेछ।

रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन सङ्कलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिनेछ।

यसैगरी, रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम सञ्चालन गरिनेछ।

यसलाई दिगो सञ्चालन गर्न महासंघले थप सहकार्य गर्नेछ भने तालिमका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउने छ। मेलालाई व्यवस्थित बनाउन मन्त्रालयले ‘जबफेयर डट श्रमसन्सार डट जीओभी डट एनपी’ प्रणाली सञ्चालनमा ल्याउने छ।

मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइने महासंघले जनाएको छ।

महासंघकाअनुसार यसका लागि महासंघ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सिप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिनेछ।

प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ।

सरकार र निजी क्षेत्रबीचको सहकार्य थप प्रभावकारी बनाउँदै सिपयुक्त जनशक्ति विकास, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्योग-व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्त्वपूर्ण हुने विश्वास महासंघले लिएको छ।

प्रकाशित: ३ मंसिर २०८३ २०:४४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबीच सम्झौता

सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबीच सम्झौता

३ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ प्रदेशमा ‘सिप तथा रोजगार मेला २०८३’ हुने भएको छ । रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारी …

#रोजगार #महासंघ #मेला
Compare →
Ekantipur
3h ago
६ प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गरिँदै

६ प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गरिँदै

रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

#रोजगार #मेला
Compare →
Hamro Patro News
2d ago
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले समाचार कक्षमै प्रहरी प्रवेश...

#महासंघ
Compare →
Bizshala
1w ago
राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

काठमाण्डौ । सरकारले आन्तरिक तथा वैदेशिक रोजगारीसम्बन्धी छरिएका कानुनी व्यवस्थालाई एकीकृत गर्न राष्ट्रिय रोजगार ऐन...

#रोजगार
Compare →

Related Stories

Business & Economy
Build #2612