त्रिपक्षीय भेटमा युक्रेन, इरान, आणविक हतियार, एआई विकास र व्यापारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ
सेन्जेन — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्तामा युक्रेन युद्ध प्रमुख विषय बनेको क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उसाकोभले बिहीबार जानकारी दिएका छन् ।
दुबै नेता एशिया-प्यासेफिक आर्थिक सम्मेलन (एपेक) सहभागी हुन चीनको सेन्जेनमा छन् । उनीहरु बिहीबारै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय वार्तामा बस्ने कार्यक्रम छ ।
दुई नेताबीचको भेटमा सीसँगको आसन्न संयुक्त भेटबारे पनि कुराकानी भएको उसाकोभले बताए । भेटपछि पुटिनको मुड 'अत्यन्तै उत्कृष्ट' रहेको उनको भनाइ छ ।
त्रिपक्षीय भेटमा युक्रेन, इरान, आणविक हतियार, एआई विकास र व्यापारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।