Trending
Prev Story
Next Story

भविष्यप्रति आशावादी युवाको सूचीमा नेपाल तेस्रो

Onlinekhabar •
November 19, 2026 • 07:30 AM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । भविष्यप्रति आशावादी युवाहरूको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा परेको छ । बेलायतस्थित अक्सफोर्ड स्कोलास्टिका एकेडेमीले गरेको विश्वव्यापी सर्वेक्षणमा नेपाली युवाले व्यक्तिगत भविष्यप्रतिको आशावाद (Personal Optimism) मा पूर्णाङ्क अर्थात् ५ मध्ये ४.२४ …

भविष्यप्रति आशावादी युवाको सूचीमा नेपाल तेस्रो

३ मंसिर, काठमाडौं । भविष्यप्रति आशावादी युवाहरूको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा परेको छ । बेलायतस्थित अक्सफोर्ड स्कोलास्टिका एकेडेमीले गरेको विश्वव्यापी सर्वेक्षण मा नेपाली युवाले व्यक्तिगत भविष्यप्रतिको आशावाद (Personal Optimism) मा पूर्णाङ्क अर्थात् ५ मध्ये ४.२४ अंक प्राप्त गर्दै ४१ देशमध्ये तेस्रो स्थान हासिल गरेको हो ।

श्रीलंका ४.३२ अंकसहित पहिलो र केन्या ४.३१ अंकसहित दोस्रो स्थानमा छन् ।

नेपालले व्यक्तिगत भविष्यप्रतिको आशावादमा शतप्रतिशत ५ अंक प्राप्त गरेको छ । त्यस्तै आर्थिक भविष्यप्रतिको आशावादमा ४.८० अंक प्राप्त गर्दै सहभागी देशमध्ये सबैभन्दा अगाडि रहेको छ । यसले नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि यहाँका युवामा आफ्नो व्यक्तिगत भविष्य र आर्थिक सम्भावनाप्रति उच्च विश्वास रहेको देखाएको छ ।

सर्वेक्षणमा नेपाली युवाले समाजको भविष्यप्रतिको आशावादमा ४.००, राजनीतिक भविष्यप्रति ३.८० र वातावरणीय भविष्यप्रति ३.६० अंक प्राप्त गरेका छन् ।

समग्रमा उच्च आशावाद भएका शीर्ष १० देशको सूचीमा कजाकिस्तान ४.१७ अंकसहित चौथो, साइप्रस ४.०९ अंकसहित पाँचौँ, क्यानडा ४.०८ अंकसहित छैटौँ र नाइजेरिया ४.०८ अंकसहित सातौँ स्थानमा छन् । इन्डोनेसिया र रुसले समान ४.०७ अंक प्राप्त गर्दा आर्मेनिया ४.०६ अंकसहित दशौँ स्थानमा छ ।

यसको विपरीत कुवेत २.९२ अंकसहित सबैभन्दा कम आशावादी युवाहरू भएको देश बनेको छ । रुवान्डा ३.२०, टर्की र फ्रान्स समान ३.२२ तथा पोल्यान्ड ३.२४ अंकसहित सूचीको पुछारमा छन् ।

बेलायत ३.६१ अंकसहित ४१ देशमध्ये ३३औँ स्थानमा छ । बेलायती युवाले राजनीतिक भविष्यप्रति ३.०४ र वातावरणीय भविष्यप्रति ३.०६ अंक मात्रै प्राप्त गरेका छन् ।

अक्सफोर्ड स्कोलास्टिका एकेडेमीका अनुसार यो सर्वेक्षणमा १०० देशका युवालाई समेट्ने प्रयास गरिएको थियो । तर पर्याप्त प्रतिक्रिया प्राप्त भएका ४१ देशका विद्यार्थीको तथ्यांक विश्लेषण गरिएको हो । अध्ययनमा कुल १ हजार ४३३ विद्यार्थीले सहभागिता जनाएका थिए ।

सर्वेक्षणले युवाहरू आफ्नो व्यक्तिगत भविष्यप्रति सबैभन्दा बढी आशावादी रहेको देखाएको छ । विश्वव्यापी रूपमा व्यक्तिगत भविष्यप्रतिको आशावादको औसत अंक ४.४० रहेको छ । त्यसको तुलनामा राजनीतिक भविष्यप्रतिको आशावाद सबैभन्दा कम ३.२९ अंकमा सीमित छ ।

अध्ययनका निष्कर्ष सार्वजनिक गर्दै अक्सफोर्ड स्कोलास्टिका एकेडेमीकी सहनिर्देशक लाभिनिया एबेलले कृत्रिम बुद्धिमत्ता (एआई), युद्ध, जीवनयापनको बढ्दो लागत र रोजगारीका चुनौतीले युवामा चिन्ता तथा निराशा बढाउन सक्ने बताएकी छन् ।

नेपालका युवाले व्यक्तिगत र आर्थिक भविष्यप्रति देखाएको उच्च आशावादले सकारात्मक सन्देश दिएको छ । यद्यपि राजनीतिक तथा वातावरणीय भविष्यप्रतिको आशावाद तुलनात्मक रूपमा कम देखिएकाले यी क्षेत्रमा युवाको विश्वास बढाउने चुनौती पनि रहेको सर्वेक्षणको नतिजाले संकेत गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण बढ्दै विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।आईक्यूएयरका...

#स्थान #सूची
Compare →
Hamro Patro News
6d ago
पन्जाब विधानसभा चुनाव : आम आदमी पार्टीद्वारा उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक

पन्जाब विधानसभा चुनाव : आम आदमी पार्टीद्वारा उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक

पन्जाब । आम आदमी पार्टी (आप) ले बिहीबार सन् २०२७ को पन्जाब विधानसभा चुनावको लागि ३१ उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेको छ । आम आदमी पार्टीका केन्द्रीय सचिव पंकजकुमार गुप्ताले सो कुराको जानक...

#सूची
Compare →

Related Stories

National (Nepal)
Build #2612