Trending
Prev Story
Next Story

गण्डकीमा विपद् प्रभावित क्षेत्र अनुगमन गर्दै संसदीय विशेष समिति

Onlinekhabar •
November 19, 2026 • 05:31 AM
2
2 reads 0 reactions

३ मंसिर, पोखरा। राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमनका लागि गण्डकी प्रदेश पुगेको छ । समितिले पर्वत, म्याग्दी र बागलुङलगायत कालीगण्डकी करिडोरअन्तर्गतका …

गण्डकीमा विपद् प्रभावित क्षेत्र अनुगमन गर्दै संसदीय विशेष समिति

३ मंसिर, पोखरा। राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमनका लागि गण्डकी प्रदेश पुगेको छ ।

समितिले पर्वत, म्याग्दी र बागलुङलगायत कालीगण्डकी करिडोरअन्तर्गतका विपद् प्रभावित क्षेत्रको अनुगमन गर्ने समितिका सभापति कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधि र नागरिकसँग छलफल तथा अन्तरक्रिया गरी विपद्ले पुर्‍याएको क्षतिको विवरण संकलन गर्नेछ ।

विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणको स्पष्ट मार्गचित्र बनाई सरकारलाई सघाउने उद्देश्यले संसदीय विशेष समिति गठन गरिएको जानकारी दिँदै उनले विपद् प्रभावित नागरिकका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने जिम्मेवारी पनि समितिलाई रहेको बताए । गत मनसुनमा कालीगण्डकी र यसका सहायक नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत अनुगमनसमेत गरिने उनले जानकारी दिए ।

समितिले बिहीबार बागलुङको बुर्तिबाङमा विपद् प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नेछ । शुक्रबार पर्वत र म्याग्दीका प्रभावित क्षेत्रको अनुगमन गरी सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

टोलीले बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रमुख सचिवलगायतसँग पनि छलफल गरेको थियो । छलफलमा मुख्यमन्त्री पाण्डेले विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनाका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा राहत तथा उद्धारमा समस्या हुने गरेको उनको भनाइ थियो ।

भोटेकोशी, कालीगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशमा पुर्‍याएको क्षतिको पुनर्निर्माण प्रदेश सरकार एक्लैले गर्न नसक्ने भन्दै पाण्डेले संघीय सरकारलाई तीनवटै प्रभावित क्षेत्रमा एउटै प्याकेजमा पुनर्निर्माण सुरु गर्न सुझाव दिए । प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने भौतिक संरचनाको पुनर्निर्माणमा पनि संघीय सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस वर्ष बाढीपहिरो, डुबानलगायत विपद्का घटनाबाट गण्डकी प्रदेशका सात जिल्लाका २० स्थानीय तह प्रभावित भएका छन् ।

विपद्का कारण ३६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । सात सय ३६ निजी घरमा क्षति पुगेको छ । सडक, पुल र भवनलगायत सार्वजनिक संरचनामा अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ भने बाढीपहिरोका कारण सयौँ घरपरिवार विस्थापित भएका छन् ।

राष्ट्रियसभाले विपद् प्रभावितको पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायका लागि मार्गचित्र सिफारिस गर्न उक्त समिति गठन गरेको हो ।

समितिले विपद्सम्बन्धी अध्ययन, अनुसन्धान र अनुगमन गरी राष्ट्रियसभामा प्रतिवेदन पेस गर्नेछ । समितिको कार्यावधि आगामी पुस मसान्तसम्म तोकिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
12h ago
बाढी प्रभावित बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, तर छैन प्रभावितको तथ्यांक

बाढी प्रभावित बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, तर छैन प्रभावितको तथ्यांक

सरकारले छात्रवृत्ति कार्यक्रम ल्याए पनि भोटेकोशी बाढीलगायत विपद्‌बाट प्रभावित विद्यार्थीको विवरण संकलन नहुँदा वितरण प्रक्रिया अघि बढ्न सकेको छैन ।

#प्रभावित
Compare →
Hamro Patro News
1d ago
मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन ...

#अनुगमन
Compare →
Nagarik News
1d ago
१३ बुँदे संकल्पपत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन सम्पन्न

१३ बुँदे संकल्पपत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन सम्पन्न

सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न गुरुकुलका सञ्चालक, पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो।

#गण्डकी
Compare →

Related Stories

Politics & Governance
Build #2612