Trending
Prev Story
Next Story

पहाडी भेगमा बादल, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Bizshala •
November 18, 2026 • 02:04 AM
2
2 reads 0 reactions

काठमाडौँ। हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा...

पहाडी भेगमा बादल, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम  सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका ह...

#हिमाली #पहाडी #आंशिक
Compare →
Onlinekhabar
3d ago
पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२९ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भाग तथा …

#हिमाली #पहाडी #आंशिक
Compare →
Nagarik News
2h ago
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ।

#हिमाली #कोशी #गण्डकी
Compare →
Ekantipur
3d ago
आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव

आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव

सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहने विभागले जनाएको छ ।

#पहाडी #वर्षा #सम्भावना
Compare →

Related Stories

Science & Climate
Build #2612