Trending
Prev Story
Next Story

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Onlinekhabar •
November 15, 2026 • 01:01 AM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भाग तथा …

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२९ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन चट्याङ, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । देशका हिमाली भू-भाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
40m ago
आजको मौसम पूर्वानुमान : पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान : पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश...

#भाग #हिमाली #पहाडी
Compare →
Nagarik News
1d ago
पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ।

#भाग #हिमाली #पहाडी
Compare →
Ekantipur
16h ago
आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव

आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव

सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहने विभागले जनाएको छ ।

#पहाडी #वर्षा #सम्भावना
Compare →

Related Stories

Science & Climate
Build #2612