Trending
Prev Story
Next Story

रिपब्लिकन उम्मेदवारलाई सघाउन ५० करोड डलर खर्च गर्नु मूर्खता थियो : एलन मस्क

Onlinekhabar •
November 19, 2026 • 05:01 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा सघाउन ठूलो रकम खर्च गर्नु आफ्नो मूर्खता भएको बताएका छन् । उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानको हिस्सा …

रिपब्लिकन उम्मेदवारलाई सघाउन ५० करोड डलर खर्च गर्नु मूर्खता थियो : एलन मस्क

३ मंसिर, काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा सघाउन ठूलो रकम खर्च गर्नु आफ्नो मूर्खता भएको बताएका छन् । उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानको हिस्सा नरहेको पनि स्पष्ट पारेका छन् ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सबैभन्दा ठूला समर्थकमध्ये एक रहेका मस्कले पछिल्लो समय आफ्नो राजनीतिक समर्थनबारे फरक धारणा सार्वजनिक गरेका हुन् ।

न्युयोर्क टाइम्सका स्तम्भकार एन्ड्रु रस सोर्किनसँग डिलबुक समिटमा भएको अन्तर्वार्तामा मस्कले आफू मागा अभियानको सदस्य नभएको बताएका हुन् । चीनबाट भिडियो कलमार्फत कार्यक्रममा सहभागी भएका उनले भने, ‘म मागा होइन ।’

रिपब्लिकन पार्टीका नीतिलाई अन्धाधुन्ध समर्थन नगर्ने बताउँदै उनले भने, ‘मागाको अर्थ रिपब्लिकन पार्टीका नीतिहरूको अन्धाधुन्ध पालना गर्नु हो भने म त्यस्तो होइन ।’

मस्कको पछिल्लो भनाइ सन् २०२४ को चुनावताका उनले व्यक्त गरेको धारणाभन्दा फरक छ । त्यतिबेला न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा आयोजित ट्रम्पको चुनावी र्‍यालीमा उनले आफूलाई ‘डार्क, गोथिक मागा’ समेत भनेका थिए ।

अन्तर्वार्तामा मस्कले अमेरिकी चुनावमा रिपब्लिकन उम्मेदवारहरूलाई सघाउन गरेको ठूलो आर्थिक लगानीबारे पनि आत्मालोचना गरे । सन् २०२६ को मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूलाई सहयोग गर्न करिब ५० करोड डलर खर्च गरेकोमा आफूलाई मूर्ख लागेको उनले बताए । उनले आर्थिक सहयोग गरेका धेरै उम्मेदवार चुनावमा पराजित भएका थिए ।

‘यदि मैले समयलाई पछाडि फर्काउन सक्ने भए कम पैसा खर्च गर्ने थिएँ,’ उनले भने, ‘यसले अमेरिकी चुनाव पैसाको मात्र खेल होइन भन्ने देखाउँछ ।’

द गार्जियनका अनुसार मस्कले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई जिताउन कम्तीमा २५ करोड डलर चन्दा दिएका थिए । निर्वाचनमा ट्रम्प विजयी भएपछि मस्क सन् २०२५ मा उनको प्रशासनमा सहभागी भएका थिए ।

उनले सरकारी खर्च कटौती गर्ने उद्देश्यले स्थापना गरिएको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डीओजीई) को नेतृत्व गरेका थिए । उक्त जिम्मेवारीमा उनी १८० दिन रहे । पछि ट्रम्पसँग सार्वजनिक रूपमा मतभेद बढेपछि उनी प्रशासनबाट बाहिरिएका थिए ।

ट्रम्पको चुनावी अभियानमा खुलेर साथ दिएका र उनको प्रशासनमै महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका मस्कको पछिल्लो अभिव्यक्तिलाई अमेरिकी राजनीतिमा उनको बदलिँदो सम्बन्ध र दृष्टिकोणका रूपमा हेरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
37m ago
जेन्सेन ह्वाङको बहिर्गमनप्रति मस्कको असन्तुष्टि, चुनावी खर्चमा पछुतो

जेन्सेन ह्वाङको बहिर्गमनप्रति मस्कको असन्तुष्टि, चुनावी खर्चमा पछुतो

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको बहिर्गमनप्रति...

#मस्क #खर्च
Compare →
Nagarik News
49m ago
विकास बजेट खर्च गर्न बालेन सरकार कमजोर

विकास बजेट खर्च गर्न बालेन सरकार कमजोर

सरकारले चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि विकास निर्माणका लागि छुट्याइएको पुँजीगत बजेट खर्च गर्न असफल देखिएको छ।

#खर्च
Compare →
Ekantipur
1d ago
राजस्वमा सुधार, पुँजीगत खर्च अझै न्यून

राजस्वमा सुधार, पुँजीगत खर्च अझै न्यून

पहिलो चौमासमा बजेट खर्च राम्रो भएको देखिए पनि यतिले नपुग्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए ।

#खर्च
Compare →
Arthasansar
1d ago
पहिलो चौमासिक : सरकारको राजस्व संकलन २३.३९ र खर्च २३.३७ प्रतिशत

पहिलो चौमासिक : सरकारको राजस्व संकलन २३.३९ र खर्च २३.३७ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत...

#खर्च
Compare →
Hamro Patro News
2d ago
बजेट खर्चमा सरकारको बिजोग, चार महिनामा विकास खर्च ७.५३ प्रतिशत

बजेट खर्चमा सरकारको बिजोग, चार महिनामा विकास खर्च ७.५३ प्रतिशत

काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्त...

#खर्च
Compare →

Related Stories

World News
Build #2612