Trending
Prev Story
Next Story

रोकिएन नेप्सेको ओरालो यात्रा, जानकार भन्छन्, ‘राजनीतिक अनिश्चितताले बजार थलियो’

Bizshala •
November 18, 2026 • 12:34 PM
2
2 reads 0 reactions

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा कायम भएको छ...

रोकिएन नेप्सेको ओरालो यात्रा, जानकार भन्छन्, ‘राजनीतिक अनिश्चितताले बजार थलियो’

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १५ करोड  रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बैंकिङ समूह र म्युचुअल फण्ड समूह मात्रै बढेका छन् भने बाँकी सबै ण्समूह राताम्य भएका छन् । बैंकिङ समूह ०.०५ प्रतिशतले बढेर १५७०.९० विन्दुमा कायम भएको छ भने म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले बढेको छ ।

सर्वाधिक घट्ने समूहमा भने व्यापार समूह रहेको छ । यो समूह २.४९ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक समूह ०.६५ प्रतिशत, फाइनान्स समूह ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३२ प्रतिशत, हाइड्रो समूह ०.४७ प्रतिशत, लगानी समूह ०.१७ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४९ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५४ प्रतिशत, निर्जीवन बीमा समूह ०.६५ प्रतिशत र अन्य समूह ०.५९ प्रतिशतले घटेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पछिल्लो समय बजार निरन्तर घट्नुको मुख्य कारण कम्पनीहरूको कमजोर वित्तीय अवस्था वा लाभांश रहेको बताए । चरम राजनीतिक अस्थिरतासँगै सूचीकृत कम्पनीहरुको खस्किँदो वित्तीय अवस्था र लाभांश दिन नसक्ने कम्पनीको अवस्थाका कारण बजारप्रति लगानीकर्ता निरुत्साहित भएको उनको भनाई छ ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र सरकारले अघि सारेको २१ बुँदे पुँजीबजार सुधार कार्ययोजनाले भने लगानीकर्तामा केही आशा जगाएको उनले बताए । ‘नेप्सेको पुनर्संरचना, नयाँ बेन्चमार्क इन्डेक्स र मार्जिन कारोबारलगायतका सुधार प्रभावकारी रूपमा कार्यान्वयन भए बजारले सकारात्मक गति लिन सक्ने देखिन्छ’ उनले भने, ‘तर राजनीतिक अन्योल कायम रहेसम्म लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहनेछन् ।’

साथै बजार घट्नुपर्ने बलियो वित्तीय कारण नभएको उनले प्रष्ट पारे । ‘बजारको मुख्य समस्या राजनीतिक अनिश्चितता र लगानीकर्ताको कमजोर मनोबल हो, सम्भवतः अब विस्तारै समाधान हुँदै जाने आशा छ ।’

आज सर्वाधिक कमाउने स्टकमा सानिमा लार्ज क्याप फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य ३.२६ प्रतिशत बढेको छ ।

त्यस्तै, कुमारी सबल योजनाको ३.१७ प्रतिशत, लिबर्टी इनर्जीको ३.०७ प्रतिशत, एनएमबि डिबेञ्चरको २.९७ प्रतिशत, गरिमा समृद्धि योजनाको २.९४ प्रतिशत, उपकार लघुवित्तको २.९२ प्रतिशत, श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको २.७५ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको २.५३ प्रतिशत, बेनि हाइड्रोपावर प्रोजेक्टको २.३२ प्रतिशत र आरबीबीएल डिबेञ्चरको २.२९ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीमा एभरेष्ट कलर लिमिटेड रहेको छ । यो कम्पनीको सेयरभाउ ८.६३ प्रतिशत घटेर १०८० रुपैयाँ कायम भएको छ ।

सयपत्रि हाइड्रोपावरको ६.६५ प्रतिशत, भिजन लुम्बिनी उर्जाको ५.४९ प्रतिशत, श्रृजनशील लघुवित्तको ४.५८ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ४.३८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ४.२६ प्रतिशत, अप्पर लोहरे हाइड्रोको ४.१८ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ३.८८ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.७९ प्रतिशत र घोराही सिमेन्ट इन्डष्ट्रिको ३.४३ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनी

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा भने रिलायन्स स्पिनिङ मिल्स रहेको छ । यो कम्पनीको आज ३२ करोड २४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड २२ लाख, सुपर मादी हाइड्रोको ११ करोड ७४ लाख, घलेम्दी हाइड्रोको १० करोड ६८ लाख, श्वेत गंगा हाइड्रोको १० करोड ३७ लाख, ग्लोबल आइएमई बैंकको ९ करोड २६ लाख, एनआइसी एशिया बैंकको ८ करोड ८४ लाख, शिवम् सिमेन्ट्सको ८ करोड ७१ लाख र लिबर्टी इनर्जीको ८ करोड ५७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3h ago
११.०५ अंकले घट्यो नेप्से परिसूचक

११.०५ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

#शेयर-बजार #नेप्से #अंक
Compare →
Ekantipur
4h ago
नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

आजको कारोबारमा KSY सबैभन्दा धेरै बढ्यो भने ECL सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #नेप्से #अंक
Compare →
Hamro Patro News
5d ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Arthasansar
5d ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Onlinekhabar
4h ago
दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

२ मंसिर, काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११. ०५ अंक घटेको छ । यो कमीसँगै नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२.७९ …

#शेयर-बजार #नेप्से #अंक
Compare →

Related Stories

Business & Economy
Build #2612