Trending
Prev Story
Next Story

पूँजी बजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार छ - सीईओ सुवेदी

Arthasansar •
November 18, 2026 • 06:36 AM
1
1 reads 0 reactions

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले अर्थ मन्त्रालयद्वारा अघि सारिएको २१ बुँदे पुँजीबजार सुधार तथा...

पूँजी बजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार छ - सीईओ सुवेदी

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले अर्थ मन्त्रालयद्वारा अघि सारिएको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेप्से कार्यालयमा पुगेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा सीईओ सुवेदीले पुँजीबजारको विकास र स्थायित्वका लागि नेप्से सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले कार्ययोजनाको प्रभावकारी र द्रुत कार्यान्वयनमा जोड दिएका थिए। कार्ययोजनालाई समयमै लागू गर्न सके हाल पुँजीबजारमा देखिएका संरचनागत समस्याहरू समाधान हुनुका साथै बजार थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बन्ने ढकालको भनाइ थियो। उनले यसबाट लगानीकर्ताको आत्मविश्वास अभिवृद्धि गर्न ठूलो टेवा पुग्ने उल्लेख गरे।

पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको विषयमा दुवै पक्ष सहमत देखिएका छन्। नीतिगत सुधारसँगै संस्थागत समन्वय र कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा छलफल केन्द्रित थियो। एसोसिएसनका अध्यक्ष ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै बजार सुधारका हरेक कदममा रचनात्मक सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
44m ago
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुदृढीकरण तथा...

#शेयर-बजार #नेप्से #सीईओ
Compare →
Onlinekhabar
48m ago
ब्रोकर एसोसिएसन र नेप्से सीईओ भेटवार्ता : २१ बुँदे कार्ययोजना कार्यान्वयनमा जोड

ब्रोकर एसोसिएसन र नेप्से सीईओ भेटवार्ता : २१ बुँदे कार्ययोजना कार्यान्वयनमा जोड

२ मंसिर, काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीसँग भेटवार्ता गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर नवनियुक्त सीईओ सुबेदीलाई बधाई तथा …

#शेयर-बजार #नेप्से #बुँदे
Compare →
Ekantipur
47m ago
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँगको भेटमा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

#शेयर-बजार #सुधारको #बुँदे
Compare →
Hamro Patro News
20h ago
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा झरेको छ । ठूला कम्पनीको का...

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
20h ago
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट आएको छ।

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612