Trending
Prev Story
Next Story

लुकाउनु-छिपाउनु केही छैन, कांग्रेस दुई भइसक्यो : रमेश लेखक

Onlinekhabar •
November 18, 2026 • 11:31 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । कांग्रेसको देउवा पक्षका नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताएका छन् । कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले मिलाउने प्रयत्न गर्दागर्दै नसकेर बाध्यतावश छुट्टै संगठन …

लुकाउनु-छिपाउनु केही छैन, कांग्रेस दुई भइसक्यो : रमेश लेखक

२ मंसिर, काठमाडौं । कांग्रेसको देउवा पक्षका नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताएका छन् ।

कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले मिलाउने प्रयत्न गर्दागर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा आफूहरू लागेको बताए ।

‘वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नका निमित्त हामीले वडादेखि संगठन गर्दै संगठित हुँदै यो अवस्थामा पुगेका छौं । आज जिल्ला अधिवेशन हुँदैछ,’ नेता लेखकले भने, ‘हामीले मिलाउने प्रयत्न गर्दा–गर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका छौं ।’

हरेक तहमा कांग्रेसका दुई वटा समिति बनेको भन्दै उनले पार्टी र समग्र राष्ट्रिय राजनीतिको अवस्था सुखद् नभएको पनि बताए ।

‘पार्टीको आन्तरिक जीवनको कुरा गर्दा पनि प्रतिकूल अवस्था छ भने समग्र राष्ट्रिय अवस्था पनि धेरै सुखद् देखा परेको छैन,’ लेखकले भने, ‘नेपाली कांग्रेसका लागि अहिले विषम् अवस्था छ । हामी अप्ठ्यारो अवस्थामा छौं ।’

पूर्वगृहमन्त्री लेखकले कांग्रेस दुई भइसकेको पनि जिकिर गरे । ‘लुकाउनु–छिपाउनु केही छैन, पार्टी दुई भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको आत्मा, विचार, भावना यहीँ छ ।’

लेखकले कञ्चनपुरका नेता–कार्यकर्ताहरूलाई आत्मबलका साथ अगाडि बढ्न पनि आग्रह गरे । ‘यो नै नेपाली कांग्रेस हो,’ उनले भने, ‘यो आत्मबलको साथ अगाडि बढ्नुहोला ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
सशक्त प्रतिपक्षी भूमिकामा उत्रिँदै कांग्रेस

सशक्त प्रतिपक्षी भूमिकामा उत्रिँदै कांग्रेस

सरकारको कार्यशैली, कानुनी शासन र प्रशासनिक हस्तक्षेपबारे प्रश्न उठिरहेका बेला ‘हामी तयार छौँ’ अभियानमार्फत जनतामाझ जाने तयारीमा कांग्रेस काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर र...

#कांग्रेस
Compare →
Ekantipur
21h ago
निर्वाचन आयोगले किन अड्कायो कांग्रेस नयाँ कार्यसमितिको अद्यावधि ?

निर्वाचन आयोगले किन अड्कायो कांग्रेस नयाँ कार्यसमितिको अद्यावधि ?

आयोगले निर्णय गर्न ढिलाई गरेको भन्दै कांग्रेसका शीर्ष नेताहरू संशकित हुन थालेका छन् ।

#कांग्रेस
Compare →
Nagarik News
23h ago
कांग्रेसलाई योजनाबद्ध रूपमा अपहरण गरिएको देउवा पक्षीय नेताहरूको आरोप

कांग्रेसलाई योजनाबद्ध रूपमा अपहरण गरिएको देउवा पक्षीय नेताहरूको आरोप

कसैले प्रयोजन गरेको आधारमा तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई अपहरण गरेको कांग्रेस नेता प्रकाशचरण महतले आरोप लगाए।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612