Trending
Prev Story
Next Story

लायन्स क्लबद्वारा दैलेखका २४४ विद्यार्थीलाई न्यानो कपडा वितरण

Ekantipur •
November 18, 2026 • 10:32 AM
3
3 reads 0 reactions

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र दैलेखबीच मितेरी सम्बन्ध कायम भएको अवसरमा विद्यार्थीलाई स्विटर, टोपी तथा उत्कृष्ट चारजनालाई नगद पुरस्कार प्रदान गरियो।

लायन्स क्लबद्वारा दैलेखका २४४ विद्यार्थीलाई न्यानो कपडा वितरण

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र दैलेखबीच मितेरी सम्बन्ध कायम भएको अवसरमा विद्यार्थीलाई स्विटर, टोपी तथा उत्कृष्ट चारजनालाई नगद पुरस्कार प्रदान गरियो।

दैलेख — लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ दैलेखबीच मितेरी सम्बन्ध कायम भएको अवसरमा दैलेखको डाँडापराजलस्थित पिपल चौतारा माध्यमिक विद्यालयका २४४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

विद्यालयमा आधारभूत तहदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई स्विटर र टोपी वितरण गरिएको हो। साथै उत्कृष्ट चार विद्यार्थीलाई नगद पुरस्कारसमेत प्रदान गरिएको छ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष दुर्गाप्रसाद जोजिजुको नेतृत्वमा आएको टोलीले स्थानीय लायन्स क्लबसँगको मितेरी सम्बन्धलाई निरन्तरता दिँदै विद्यार्थीलाई सहयोग गरेको हो।

दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा सहयोग पुगेकोमा आभार व्यक्त गरे। उनले पोखराबाट सहयोग जुटाएर स्थानीय क्लबलाई समेत सक्रिय बनाउँदै विद्यालयलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए। प्राप्त सहयोगको सदुपयोग गर्दै शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने भन्दै उनले शिक्षक, अभिभावक र विद्यार्थी सबै मिहनेती हुनुपर्ने बताए।

कार्यक्रम सञ्चालन गरेका पिपल चौतारा माध्यमिक विद्यालयको पुष्पशान्ति गोमादेवी पराजुली छात्रवृत्ति कोषका संस्थापक तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका निवर्तमान अध्यक्ष सुकल्याण पराजुलीले हरेक वर्ष दैलेख पुगेर विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो

फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो

कास्की । सहारा क्लब पोखराले यस वर्ष तिहारका अवसरमा खेलेको देउसीभैलोबाट रु ११ लाख ६८ हजार ६१३ जम्मा गरेको छ । विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरूलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान ग...

#क्लब #पोखरा
Compare →
Bizshala
1d ago
एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) बाट लेखिएको देखाउने सफ्टवेयरको रिपोर्टलाई मात्रै आधार बनाएर विद्यार्थीका...

#विद्यार्थी
Compare →
Nagarik News
3d ago
रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।

#विद्यार्थी
Compare →

Related Stories

Education & Youth
Build #2612