Trending
Prev Story
Next Story

चिच्याएर वर मागिने सत्यवतीमा तीनतले नयाँ मन्दिर

Ekantipur •
November 18, 2026 • 09:02 AM
3
3 reads 0 reactions

तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल परिसरमा गाउँपालिका र मन्दिर समितिको सहकार्यमा ६५ लाख ५८ हजार लागतमा तीनतले मन्दिर बनेको हो।

चिच्याएर वर मागिने सत्यवतीमा तीनतले नयाँ मन्दिर

तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल परिसरमा गाउँपालिका र मन्दिर समितिको सहकार्यमा ६५ लाख ५८ हजार लागतमा तीनतले मन्दिर बनेको हो।

पाल्पा — सत्यवती बज्यैको नयाँ मन्दिर निर्माण सम्पन्न भएको छ। पुरानो मन्दिर जीर्ण भएकाले गाउँपालिकाको सहयोगमा मन्दिर विकास समितिले नयाँ मन्दिर निर्माण गरेको हो।

पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडास्थित सत्यवती ताल परिसरमा ६५ लाख रुपैयाँभन्दा बढी लागतमा तीनतले मन्दिर निर्माण गरिएको सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताए।

मन्दिर निर्माण सम्पन्न भएसँगै यस वर्ष कात्तिके पूर्णिमाको अवसरमा लाग्ने सत्यवती मेलामा आउने भक्तजनले नयाँ मन्दिरमा पूजा गर्न पाउने उनले बताए। तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले नवनिर्मित तीनतले सत्यवती बज्यैको मन्दिर उद्घाटन गरे।

‘पुरानो मन्दिर धेरै जीर्ण र सानो थियो,’ उनले भने, ‘मन्दिर सत्यवती ताल क्षेत्रको गुरुयोजनाअनुसार नै बनेको छ।’ मन्दिर निर्माणमा गाउँपालिका र मन्दिर समितिको गरी ६५ लाख ५८ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ। जसमा तिनाउ गाउँपालिका कार्यालयको २५ लाख र सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समिति तिनाउ–४ को ४० लाख ५८ हजार ४१८ रुपैयाँ खर्च भएको छ।

यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिका लागि गाउँपालिकाले १५ लाख र मन्दिर समितिले १५ लाख रुपैयाँ खर्च गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।

सत्यवती धार्मिक आस्था र प्राकृतिक सुन्दरताले भरिएको महत्वपूर्ण स्थल हो। अग्ला पहाड र घना जंगलको बीचमा रहेको सत्यवती ताल र त्यहाँस्थित बज्यैको मन्दिरमा हरेक वर्ष कात्तिके पूर्णिमाको अवसरमा ठूलो मेला लाग्छ। सत्यवती बज्यैले कान नसुन्ने भएकाले रातको समयमा ठूलो स्वरले चिच्याएर वर मागे मनोकामना पूरा हुने जनविश्वास छ। यही अनौठो परम्पराले सत्यवतीको धार्मिक महत्व देशविदेशसम्म फैलिएको गाउँपालिका उपाध्यक्ष लालबहादुर दर्लामीले बताए।

यस वर्ष मंसिर ४ देखि ८ गतेसम्म सत्यवती मेला आयोजना हुँदैछ। मंसिर ७ र ८ गते पूर्णिमाको विशेष पूजा हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मेलालाई व्यवस्थित बनाउन सडक मर्मत, मन्दिर परिसर व्यवस्थापन, प्रकाशको व्यवस्था र सुरक्षाका लागि सीसीटीभी क्यामेरा जडान गरिएको समितिले जनाएको छ। मेलामा मदिराजन्य पदार्थ निषेध गरिएको छ।

सत्यवतीमा चिच्याएर वर माग्ने परम्परा यहाँको मुख्य आकर्षण हो। कसैले सन्तान, कसैले रोजगारी, विदेश यात्रा त कसैले परिवारको सुखशान्तिको कामना गर्छन्। एक जनाले एउटा मात्रै वर माग्नुपर्ने र वर मागेपछि पछाडि नफर्की घर जानुपर्ने मान्यता रहेको वडाध्यक्ष तुलबहादुर आलेले बताए। मनोकामना पूरा भएपछि भाकलअनुसार बोका, राँगा, परेवा र हाँसलगायत चढाएर पूजा गर्ने चलन रहेको उनले बताए।

‘पहिलेपहिले रातभरि चिच्याएर वर माग्नेको आवाजले मेला निकै रमाइलो हुन्थ्यो,’ मन्दिर व्यवस्थापन समितिका पुरोहित सुनविर गाहाले भने, ‘अहिलेका युवायुवती केही लाज मान्छन् तर पुरानो पुस्ताले भने अझै चिच्याएर वर माग्ने परम्परा छाडेका छैनन्।’

सत्यवती तालको उत्पत्तिबारे पनि रोचक किंवदन्ती छ। सत्यवती बज्यैले तपस्या गर्ने स्थान खोज्दै यहाँ आएको र कुभिण्डोको भाँडोमा बोकेर ल्याएको पानी पोखिएर ताल बनेको जनश्रुति छ। सत्यवती बज्यै मनकामना देवीका दिदीबहिनीमध्ये एक भएको धार्मिक विश्वास पनि छ। तालको किनारमा बज्यै र बाजेको मन्दिर छन्। यहाँ झुटो बोल्न नहुने र सत्य कुरा मात्रै माग्नुपर्ने मान्यता छ।

धार्मिक महत्वसँगै सत्यवतीको प्राकृतिक सुन्दरता पनि आकर्षक छ। पहाडको टाकुरामा रहेको ताल, चारैतिरको घना जंगल, हरियाली र चराचुरुंगीको आवाजले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउँछ। सत्यवतीलाई धार्मिक पर्यटनसँगै पर्यापर्यटनको गन्तव्य बनाउने सम्भावना रहेको तिनाउ गाउँपालिकाका प्रवक्ता यादव अर्यालले बताए। मन्दिर तथा ताल संरक्षणका लागि गाउँपालिकाले पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी लागतको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको छ।

सत्यवतीमा केबलकार निर्माणको योजना पनि अघि बढेको छ। होमस्टे सञ्चालन गरेर स्थानीय संस्कृति र खानपानलाई पर्यटकसँग जोड्ने प्रयास भइरहेको छ। सडक, खानेपानी, शौचालय, विश्रामस्थल र फोहोर व्यवस्थापनजस्ता पूर्वाधार भने अझै व्यवस्थित गर्नुपर्ने देखिएको पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले बताए।

सिद्धार्थ राजमार्गको चरचरे र पानीमिलबाट करिब दुई घण्टा पैदल हिँडेर सत्यवती पुग्न सकिन्छ। झुम्साबाट करिब सात किलोमिटर कच्ची सडक हुँदै पनि मन्दिर परिसर पुग्न सकिन्छ। मेलामा पाल्पासहित रूपन्देही, गुल्मी, नवलपरासी, कपिलवस्तु र भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गरेका छन्।

पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले धार्मिक आस्था, प्राकृतिक सम्पदा र स्थानीय संस्कृति जोगाउँदै पूर्वाधार विकास गर्नुपर्ने बताए। मेला लाग्ने केही दिनमा मात्रै सीमित नभई वर्षभरि पर्यटक आउने वातावरण बनाउन सके सत्यवतीले स्थानीय रोजगारी र आम्दानी बढाउन सक्ने उनले बताए।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्र...

#मन्दिर
Compare →
Nagarik News
3d ago
सभापति लामिछानेले गरे मधेसका मठमन्दिरमा पूजा

सभापति लामिछानेले गरे मधेसका मठमन्दिरमा पूजा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्।

#मन्दिर
Compare →
Onlinekhabar
6d ago
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक …

#मन्दिर
Compare →
Arthasansar
1w ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर
Compare →

Related Stories

National (Nepal)
Build #2612