बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका लागि बिहानको पूजा–पाठ केवल धार्मिक कर्मकाण्ड मात्र नभई दिनको सुरुवातलाई अनुशासित, शान्त र सकारात्मक बनाउने संस्कारका रूपमा स्थापित छ ।
घरको पूजा–पाठ सम्पन्न गरेपछि नजिकैको मन्दिरमा गई देवी–देवताको दर्शन गर्ने परम्परा पनि हाम्रो सामाजिक जीवनको अभिन्न हिस्सा रहँदै आएको छ । तर पछिल्लो एक दशकयता मन्दिरमा दर्शन गर्न जाने मानिसहरूको प्रवृत्तिमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । विभिन्न मन्दिरमा दर्शन तथा पूजाका लागि आउने दर्शनार्थीको सङ्ख्या बढ्दै जानुले पनि धार्मिक स्थलप्रतिको जनचासो विस्तार भइरहेको सङ्केत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )