Trending
Prev Story
Next Story

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

Nagarik News •
November 18, 2026 • 07:57 AM
3
3 reads 0 reactions

गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्।

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्।

विस्थापित ६८ घरधुरीमध्ये ४८ जना स्थानीयवासी यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन्। बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौंमा बस्न नसकेपछि गाउँ फर्किएका हुन्।

स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीका प्रतिनिधित्व गर्दै ४८ जना गाउँ फर्किएका छन्। आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उनले बताए।

सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ। विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उनले बताए।

बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौँमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले खेती किसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताए।

टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ बाढीपीडित आश्रित थिए। तीमध्ये १५१ बालबालिका र ८० वृद्धवृद्धा थिए। सरकारले अहिलेसम्म पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उनले बताए।

प्रकाशित: २ मंसिर २०८३ १३:४२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)

थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)

१९ कात्तिक, काठमाडौं । भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापितहरूलाई काठमाडौंमा होल्डिङ सेन्टरमा राखिएको छ। काठमाडौंका विभिन्न गुम्बा तथा सेन्टरहरूमा विस्थापितहरू बस्दै आइरहेका छन्। केही भने पुन: गाउँ फर्किसकेका …

#बाढी-पहिरो #थातथलो #बाढीपीडित
Compare →
Ekantipur
1d ago
पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

बाढीबाट पूर्ण रूपमा विस्थापित त्रिशूली बजारका ४५० पीडित परिवारमध्ये २५० भन्दा बढीले विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर लगाएर सम्याउँदै टेन्ट गाडेका छन् ।

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Hamro Patro News
2d ago
४६ वर्षको उमेरमा मैदान फर्किए फुटबल खेलाडी रोनाल्डिन्हो

४६ वर्षको उमेरमा मैदान फर्किए फुटबल खेलाडी रोनाल्डिन्हो

ब्राजिलका महान् फुटबल खेलाडी रोनाल्डिन्हो ४६ वर्षको उमेरमा मैदानमा फर्किएका छन्। उनले आइतबार इटालियन तेस्रो डिभिजन क्लब रेवेन्नाबाट खेलेका हुन्। जुन खेलमा रेवेन्नाले खेल २-० ले जित हासिल गर्‍यो। ...

#फर्किए
Compare →

Related Stories

Politics & Governance
Build #2612