Trending
Prev Story
Next Story

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छः राष्ट्रपति

Nagarik News •
November 18, 2026 • 07:31 AM
3
3 reads 0 reactions

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन्।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन्।

सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडकअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको (३.३९९ मिटर) को ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजनादेखि विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा सेना अहोरात्र क्रियाशील रहेको बताए।

उनले भने, “विशेषगरी विकट भौगोलिक अवस्था, जटिल भू–बनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका सडक तथा पूर्वाधार निर्माणमा सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय छ।”

राष्ट्रपति पौडेलले काठमाडौँ उपत्यकालाई तराई/मधेससँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्गको निर्माणपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने, “यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुन्छ, त्यसबाट इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुनेछ, राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार र सेना दृढ रहेको पाएको छु।”

आयोजनाको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभएको जनाउँदै उनले राजधानी काठमाडौँ र तराई/मधेसबीचको भौगोलिक दूरी घटाउने तथा सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकताल थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने, “पर्यटन प्रर्वद्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्त्वपूर्ण रहने अपेक्षा छ, आयोजना निर्माणमा कुनै कसर बाँकी नराखी प्रभावकारी समन्वय र जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु।”

उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी थिए।

प्रकाशित: २ मंसिर २०८३ १३:१६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्। बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको …

#राष्ट्रपति #पौडेल
Compare →
Hamro Patro News
2d ago
राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थ...

#राष्ट्रपति #पौडेल
Compare →
Bizshala
5h ago
पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना...

#पूर्वाधार
Compare →
Ekantipur
1d ago
'प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउन छलफल हुनुपर्छ'

'प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउन छलफल हुनुपर्छ'

भ्रमणमा विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड ।

#पूर्वाधार
Compare →

Related Stories

Building & Construction
Build #2612