Trending
Prev Story
Next Story

काठमाडौंलाई २४सै घण्टा खुला गरिँदै

Ekantipur •
November 18, 2026 • 08:02 AM
3
3 reads 0 reactions

यसअघि १ वैशाख २०८१ देखि काठमाडौंको प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गरिसकिएको छ ।

काठमाडौंलाई २४सै घण्टा खुला गरिँदै

यसअघि १ वैशाख २०८१ देखि काठमाडौंको प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गरिसकिएको छ ।

काठमाडौं — काठमाडौंलाई २४सै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बुधबार सूचना जारी गरी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै २४सै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएका छन् ।

राजधानीको प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई यसअघि नै २४सै घण्टा खुला गरिसकिएको छ । १ वैशाख २०८१ तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा ती स्थानलाई २४सै सञ्चालन गरिएको थियो ।

काठमाडौं देशको अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्थापनसहित सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसीटिभी, सडक बत्तीलगायतका न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

त्यस्तै यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध गरी २४ घण्टा खुला गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं जिल्लाभित्र व्यापार, व्यवसाय तथा बजार क्षेत्रसमेत २४सै घण्टा सञ्चालन गर्ने विषयमा स्थानीय तह, विभिन्न निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
39m ago
काठमाडौंलाई २४सै घण्टा खुला गरिँदै

काठमाडौंलाई २४सै घण्टा खुला गरिँदै

काठमाडौंलाई २४सै घण्टा खुला गरिँदै यसअघि १ वैशाख २०८१ देखि काठमाडौंको प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गरिसकिएको छ । मंसिर २, २०८३ कान्तिपुर संवाददाता ...

#काठमाडौं #२४सै #घण्टा
Compare →
Nagarik News
7h ago
ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी

ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक पूर्वाधार र भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लाभरका व्यापारिक क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको हो।

#काठमाडौं #घण्टा
Compare →
Bizshala
30m ago
काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौ । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले...

#काठमाडौं
Compare →
Arthasansar
1h ago
काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने...

#काठमाडौं
Compare →
Onlinekhabar
2h ago
काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्। बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको …

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612