Trending
Prev Story
Next Story

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

Nagarik News •
November 18, 2026 • 07:18 AM
1
1 reads 0 reactions

परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन्।

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन्।

नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेका शिष्टाचार भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनियाँ पक्षसँग अनुरोध गरेका मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका बन्द भएको र चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू चिसोले पूर्ण रूपमा सञ्चालन हुन नसक्ने विषम अवस्थामा काठमाडौंबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनका लागि अध्यक्ष याङ्गसँग आग्रह गरेका हुन्।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ’, परराष्ट्रमन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको ‘कनेक्टिभिटी’का लागि तत्काल खुलाउन जरुरी छ।’

सो अवसरमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिए।

भेटवार्ताका क्रममा दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षालगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ १३:०३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
46m ago
तातोपानी नाका खुलाउन नेपालको जोड

तातोपानी नाका खुलाउन नेपालको जोड

२ मंसिर, काठमाडौं । नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग …

#नाका #परराष्ट्रमन्त्री #तातोपानी
Compare →
Hamro Patro News
4d ago
तातोपानी नाका खुलाउन कार्यदल गठन

तातोपानी नाका खुलाउन कार्यदल गठन

सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी...

#नाका #तातोपानी #खुलाउन
Compare →
Ekantipur
1d ago
तातोपानी नाका खोल्न चीनसँग स्पष्ट जवाफ माग्न व्यापारी तथा जनप्रतिनिधिको आग्रह

तातोपानी नाका खोल्न चीनसँग स्पष्ट जवाफ माग्न व्यापारी तथा जनप्रतिनिधिको आग्रह

२०७२ सालको भूकम्पयता पटकपटक अवरुद्ध हुँदै आएको नाका गत १० भदौको भोटेकोशी बाढीपछि बन्द छ । चीनसँग कूटनीतिक पहल गरी नाका नियमित सञ्चालनको दीर्घकालीन व्यवस्था गर्न व्यापारी तथा जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

#नाका #तातोपानी
Compare →
Bizshala
42m ago
विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट...

#चिनियाँ
Compare →

Related Stories

Politics & Governance
Build #2612