Trending
Prev Story
Next Story

रुसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृ'त्यु

Nagarik News •
November 18, 2026 • 04:49 AM
2
2 reads 0 reactions

रुसको साइबेरियामा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृ'त्यु

रुसको साइबेरियामा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार एन–१२ विमान मंगलबार नियमित उडानका क्रममा केमेरोभो क्षेत्रको एक सुनसान स्थानमा खसेको थियो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबी दुर्घटनाको सम्भावित कारण मानिएको छ। रुसी उड्डयन अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गरेका छन्।

स्थानीय गभर्नर इल्या सेरेड्युकका अनुसार विमान यागुनोभो गाउँनजिकै दुर्घटनाग्रस्त भएको हो। आपत्कालीन उद्धार टोलीले घटनास्थलमा लागेको आगो छिट्टै नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनास्थल आसपासको क्षेत्रलाई घेराबन्दी गरेको छ।

घटनास्थलको निरीक्षण गरेका गभर्नर सेरेड्युकले उद्धारका लागि एउटा हेलिकप्टर र स्वास्थ्य उपचारका आवश्यक सुविधासमेत तयारी अवस्थामा राखिएको बताए। उनका अनुसार अहिले अनुसन्धानकर्ताहरूलाई सहयोग गर्नु मुख्य काम रहेको छ।

गभर्नरले घटनास्थलको एउटा भिडियोसमेत सार्वजनिक गरेका छन्। भिडियोमा दमकलकर्मीहरू विमानको भग्नावशेषजस्तो देखिने सामग्रीबीच खोजी गरिरहेको देखिन्छ। घटनास्थलनजिकै केही एम्बुलेन्ससमेत तैनाथ थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा आकाशबाट एउटा चम्किलो वस्तु खसिरहेको देखिन्छ। तर, दूरी धेरै भएकाले विमान जमिनमा ठोक्किएको दृश्य भने स्पष्ट देखिएको छैन।

बीबीसी र समाचार एजेन्सी रोयटर्सले उक्त फुटेजको मिति र समय पुष्टि गरेका छन्। रोयटर्सले घटनास्थल आसपासका तस्बिरलाई भूउपग्रहबाट खिचिएका तस्बिरसँग तुलना गरेर दुर्घटनास्थलको स्थानसमेत पुष्टि गरेको छ।

विमानमा कुनै सामान लोड गरिएको थियो वा थिएन भन्नेबारे भने अहिलेसम्म स्पष्ट भएको छैन।

रुसी सेनाले एन–१२ विमानलाई हतियार तथा सैनिक ओसारपसार गर्नुका साथै खोज तथा उद्धार अभियानमा समेत प्रयोग गर्दै आएको छ।

प्रकाशित: २ मंसिर २०८३ १०:३४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ …

#विमान #दुर्घटना #रुस
Compare →
Hamro Patro News
2h ago
रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान ‘एएन-१२’ दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुस सञ्चारमाध्यमी ‘इजवेस्टिया’का अनुसार व...

#विमान #दुर्घटना #रुस
Compare →
Ekantipur
16h ago
भीमफेदी–देउराली सडकमा दुर्घटनाको जोखिम, पाँच वर्षयता ९२ दुर्घटनामा ३९ जनाको मृत्यु

भीमफेदी–देउराली सडकमा दुर्घटनाको जोखिम, पाँच वर्षयता ९२ दुर्घटनामा ३९ जनाको मृत्यु

साँघुरो, घुमाउरो तथा ठाडो उकालो–ओरालो रहेको भीमफेदीदेखि देउरालीसम्मको सडकमा चालु आर्थिक वर्षमा मात्रै ३० वटा सवारी दुर्घटना भएका छन्।

#दुर्घटना #जनाको #त्यु
Compare →
Arthasansar
1d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #जनाको #त्यु
Compare →

Related Stories

World News
Build #2612