Trending
Prev Story
Next Story

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

Nagarik News •
November 18, 2026 • 01:16 AM
2
2 reads 0 reactions

कार्यक्रममा संविधानको मर्मअनुसार मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐन, २०७५ बीच एकरूपता कायम गर्नुपर्ने विषय उठाइएको थियो।

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ।

संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स्पष्ट बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन्। महिला, कानुन र विकास मञ्च र इक्विलिटी नाउले मंगलबार संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा उक्त सुझाव दिइएको हो। कार्यक्रममा संविधानको मर्मअनुसार मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐन, २०७५ बीच एकरूपता कायम गर्नुपर्ने विषय उठाइएको थियो।

संविधानको धारा ३९ (५)ले बालबालिकाको हक सुरक्षित गरेको छ। तर मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐनका केही व्यवस्था संविधानले सुनिश्चित गरेको बालअधिकारसँग बाझिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए।

'कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकमा बालविवाहलाई पुनःपरिभाषित र विवाहको उमेरमा पुनर्विचार गरिनुपर्छ। संविधानको मर्मसँग बाझिने गरी कानुन निर्माण हुन सक्दैन,' उनले भने।

मन्त्रालयले प्रस्ताव गरेको मुलुकी अपराध संहिता संशोधन विधेयकको दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था गरिएको छ। तर उपदफा २ (क)मा १८ वर्षभन्दा कम उमेरमा विवाह गरे वा गराएमा मात्र सजाय हुने व्यवस्था राखिएको छ। यसले विवाहको उमेर १८ वर्षभन्दा माथि रहेको अर्थ लाग्ने भएकाले कानुनी व्यवस्थामा स्पष्टता आवश्यक रहेको अधिवक्ता श्रेष्ठले सुनाए। यस्ता कानुनी अस्पष्टता राख्नुभन्दा सर्वसाधारणले सहजै बुझ्न सक्ने स्पष्ट भाषामा कानुनको व्यवस्था गर्नु उपयुक्त हुनेमा उनले जोड दिए।

कार्यक्रममा बालविवाह गरेका बालबालिकालाई नै कसूरदार ठहर गर्ने कानुनी व्यवस्थामा पनि सुधार गर्नुपर्ने सुझाव दिइएको थियो। उनीहरूलाई कसूरदार नभई पीडितका रूपमा हेर्नुपर्ने र बालविवाहका कारण उनीहरूमा पर्ने असर कम गर्न उपयुक्त व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो।

त्यस्तै, बालविवाह गरेका बालबालिकाको शिक्षा तथा समग्र विकासका अधिकार सुनिश्चित गर्न र बालबालिकाविरुद्धका कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक उपाय अवलम्बन गर्न सुझाव दिइएको थियो। कार्यक्रममा इक्विलिटी नाउकी दक्षिण एसिया सूचना अधिकृत आकांक्षा सक्सेनाले कानुन निर्माण र कार्यान्वयनले मात्र समाज परिवर्तन नहुने बताइन्। समाज परिवर्तनका लागि चेतनाको स्तर अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो। अधिवक्ता दिद्वीक्षा सिंहले बालविवाहसम्बन्धी विभिन्न तथ्याङ्क प्रस्तुत गरेकी थिइन्।

प्रकाशित: २ मंसिर २०८३ ०७:०१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
10h ago
बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनः परिभाषित गर्न सुझाव दिइएको छ । संविधानको मर्मअनुरूप कानुन निर्माण ...

#मुलु #अपराध #संहिता
Compare →
Bizshala
3d ago
विश्वभर चर्चा कमाइरहेको एउटा शाही विवाहः १० बिघाको पण्डाल, ४ लाख अतिथि, १५० परिकार र घोडदौड !

विश्वभर चर्चा कमाइरहेको एउटा शाही विवाहः १० बिघाको पण्डाल, ४ लाख अतिथि, १५० परिकार र घोडदौड !

काठमाण्डौ । बिहारका मोकामा क्षेत्रका प्रसिद्ध बाहुबली विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह २५ नोभेम्बर २०२६...

#विवाह
Compare →

Related Stories

Technology
Build #2612