Trending
Prev Story
Next Story

भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

Bizshala •
November 17, 2026 • 12:35 PM
3
3 reads 0 reactions

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले काठमाण्डौको टंगालस्थित स्टोरमा २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने योजना तत्कालका...

भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले काठमाण्डौको टंगालस्थित स्टोरमा २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ।

कम्पनीले मंसिर १ गतेदेखि टंगाल स्टोरको ग्रोसरी सेवा चौबीसै घण्टा सञ्चालन गर्ने तयारी गरेको थियो। तर प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि उक्त योजना स्थगित गरिएको जनाएको छ।

भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले ग्राहकलाई थप सहज र गुणस्तरीय सेवा दिने उद्देश्यले २४ घण्टे सेवा सुरु गर्ने तयारी गरिएको भए पनि तत्काल कार्यान्वयन गर्न नसकिएको बताए।

‘ग्राहकहरूलाई अझ सहज, सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले टंगाल स्टोरको ग्रोसरी सेवा २४ घण्टा सञ्चालन गर्ने तयारी गरिएको थियो। तर केही प्राविधिक कारणले तत्कालका लागि उक्त योजना स्थगित गर्नुपरेको छ,’ उनले भने।

पौडेलले आवश्यक तयारी पूरा गरेर छिट्टै २४ घण्टे सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गरिने जानकारी दिए।

यद्यपि कम्पनीले सेवा सञ्चालनमा अवरोध पुर्‍याउने प्राविधिक समस्याको प्रकृति र नयाँ सेवा सुरु हुने निश्चित मितिबारे भने खुलाएको छैन।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4h ago
टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो ।

#भाटभटेनी #स्थगित
Compare →
Onlinekhabar
4h ago
टंगालस्थित भाटभटेनी चौबिसै घण्टा सञ्चालन योजना प्राविधिक कारण स्थगित

टंगालस्थित भाटभटेनी चौबिसै घण्टा सञ्चालन योजना प्राविधिक कारण स्थगित

१ मंसिर, काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिले टंगालस्थित आफ्नो स्टोरको ग्रोसरी सेवा आजदेखि चौबिसै घण्टा खुला गर्ने योजना स्थगित गरेको छ । टंगालस्थित स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने योजना भए तापनि …

#स्टोर #भाटभटेनी #स्थगित
Compare →
Nagarik News
10h ago
डिङ्जी काउन्टीका अधिकारीसँगको अन्तरदेशीय सीमा सुरक्षा बैठक स्थगित

डिङ्जी काउन्टीका अधिकारीसँगको अन्तरदेशीय सीमा सुरक्षा बैठक स्थगित

ताप्लेजुङ र पाँचथरका जिल्ला प्रहरी प्रमुखहरूको भर्चुअल बैठकले अन्तर जिल्ला अपराध नियन्त्रण तथा अपराध अनुसन्धानमा सहकार्यसहितका विषयमा छलफल गरेको छ।

#स्थगित
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612