Trending
Prev Story
Next Story

काभ्रेको रिसोर्टबाट ३६ चिनियाँ नागरिक नियन्त्रणमा

Ekantipur •
November 17, 2026 • 12:32 PM
5
5 reads 0 reactions

शंकास्पद गतिविधि भइरहेको जनगुनासोपछि प्रशासन र प्रहरीको संयुक्त टोलीले गरेको जाँचका क्रममा दुई कोठाबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल फोनसमेत फेला परेको जनाइएको छ ।

काभ्रेको रिसोर्टबाट ३६ चिनियाँ नागरिक नियन्त्रणमा

शंकास्पद गतिविधि भइरहेको जनगुनासोपछि प्रशासन र प्रहरीको संयुक्त टोलीले गरेको जाँचका क्रममा दुई कोठाबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल फोनसमेत फेला परेको जनाइएको छ ।

काभ्रे — काभ्रेपलाञ्चोकको शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले सोमबार दिउँसो करिब ३ बजे रिसोर्टमा चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र ५ जना महिला रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ।

रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राविधिक विज्ञसहितको टोली माग गरिएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रबिन विष्ट र प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6h ago
शंकास्पद गतिविधि गर्ने ३६ जना चिनियाँ नागरिक पक्राउ

शंकास्पद गतिविधि गर्ने ३६ जना चिनियाँ नागरिक पक्राउ

शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरीले काभ्रेबाट ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

#रिसोर्ट #नियन्त्रण #शंकास्पद
Compare →
Onlinekhabar
7h ago
काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

१ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ । चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि …

#नियन्त्रण #काभ्रे #रिसोर्ट
Compare →
Hamro Patro News
6h ago
काभ्रेको ह्वाइट पार्क रिसोर्टमा प्रहरीको छापा, ३६ चिनियाँ पक्राउ

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा प्रहरीको छापा, ३६ चिनियाँ पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । रिसोर्टबाट प्रहरीले केही थान ल्यापटप र मोबाइलसहित ३६ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । ज...

#रिसोर्ट #काभ्रे #चिनियाँ
Compare →

Related Stories

National (Nepal)
Build #2612