विराटनगर : लागुऔषध तस्करीमा नयाँ–नयाँ तरिका अपनाउने गरिएको उदाहरण मोरङको रंगेलीमा फेला परेको छ। भारतबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) नेपाल भित्राउन एकै परिवारका सदस्य परिचालन गरिएको खुलेको छ।
प्रहरीले भारतीय बाबु,आमा र छोरालाई लागुऔषधसहित पक्राउ गरेपछि सीमापारिबाट नेपालतर्फ हुने लागुऔषध तस्करीमा परिवारकै संलग्नता देखिएको हो। मोरङको रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरमा सोमबार साँझ पक्राउ परेका तीनै जना भारतको बिहारस्थित अररिया जिल्लाका हुन्। पक्राउ पर्नेमा ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान छन्। उनीहरूको साथबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )