Trending
Prev Story
Next Story

किवी उत्पादन आधै घटेपछि खोटाङका किसान चिन्तित

Ekantipur •
November 17, 2026 • 05:32 AM
2
2 reads 0 reactions

‘फूल फुल्ने बेला हावाले गर्दा यसपटक किवी उत्पादन धेरै नै घट्यो’ दोर्जी शेर्पा भन्छन्, ‘१२ हजार किलो उत्पादन हुनु पर्नेमा यो चोटी चार हजार किलो मात्र उत्पादन भयो ।’

किवी उत्पादन आधै घटेपछि खोटाङका किसान चिन्तित

‘फूल फुल्ने बेला हावाले गर्दा यसपटक किवी उत्पादन धेरै नै घट्यो’ दोर्जी शेर्पा भन्छन्, ‘१२ हजार किलो उत्पादन हुनु पर्नेमा यो चोटी चार हजार किलो मात्र उत्पादन भयो ।’

खोटाङ — गत वर्षको तुलनामा यस वर्ष किवीको उत्पादन जिल्लामा आधाले घटेको छ । प्रतिकूल मौसमका कारण उत्पादन घटेको सरोकारवाल बताउँछन् ।

दिक्तेल रूपाकोट मझुवागढी, बुवालुङका शुभचन्द्र राईले आफुले लगाएको किवीको उत्पादन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले घटेको बताए । नेर्पाको तालखर्कमा राईले सञ्चालन गरेको शुभ कृषि फर्ममा प्रतिकूल मौसमका कारण यो वर्ष सात हजार किलो मात्र उत्पादन भएको उनको भनाइ छ । ‘१०–११ हजार किलो जति उत्पादन हुनु पर्ने हो तर यो वर्ष ७ हजार किलो मात्र उत्पादन भएको छ,’ राईले भने ।

राईले उत्पादन गरेको किवी प्राकृतिक शीत भन्डारमा राखेर माघपछि प्रतिकिलो दुई सय रूपैयााले विक्री गर्ने गरेको उनले बताए । किवीको दानाबोहक जुस, जाम, वाइन लगायतका विभिन्न परिकारहरू पनि बनाएर बिक्री गर्दा वार्षिक करिब १५ देखि २० लाख रूपैयाा हुने गरेको उनले सुनाए । जसमा खर्च कटाएर आधा फाइदा हुने राईले बताए ।

‘ग्रेडिङ गरेर राम्रा खालको किवी काठमाडौं, धरान, विराटनगर लगायतका ठाउाहरूमा पठाइन्छ, दोस्रो नम्बरका किवी खोटाङमा र तेश्रो नम्बरका किवीबाट जुस, जाम, वाइनजस्ता परिकारहरू बनाएर विक्री गरिन्छ,’ राईले भने । तालखर्कमा ३० रोपनी जग्गामा संचलित राईको फर्ममा यतिबेला चार सय ५० बोट किवीले उत्पादन दिईरहेको छ ।

फूल फुलेको बेला अत्यधिक हावा चल्दा उत्पादन घटेको दिक्तेल रूपाकोट मझुवागढी, सोल्मा मुढेका किवी किसान दोर्जी शेर्पाले बताए । ‘फूल फुल्ने बेला हावाले गर्दा किवी उत्पादन धेरै नै घट्यो’ शेर्पाले भने, ‘१२ हजार किलो उत्पादन हुनु पर्नेमा यो चोटी चार हजार किलो मात्र उत्पादन भयो ।’ उत्पादित किवी उनले काठमाडौं, हलेसी लगायतका ठाउामा विक्री गर्ने गरेका छन् ।

शेर्पाले १ सय २० रोपनी जग्गामा १ हजार ३ सय बोट किबी लगाएका छन् । यसमध्ये आधाआधी बोटले उत्पादन दिईरहेको उनले बताए ।

मुढेकै एनटी शेर्पाले पनि किवी उत्पादन आधाले घटेको दुखेसो पोखे । उनका अनुसार गत वर्षको तुलनामा झन्डै ७५ प्रतिशतले किवी उत्पादन घटेको छ । खोटेहाङमा पनि किवी उत्पादन ४० प्रतिशतले घटेको उक्त गाउापालिका अध्यक्ष उदीमबहादुर राईको बुझाई छ । जिल्लाका अन्य पालिकाहरूमा पनि किवीको उत्पादन घटेकोमा किसानहरू चिन्तित देखिएका छन् ।

यसवर्षको किवी उत्पादनको एकीन विवरण आइनसकेको कृषि ज्ञान केन्द्र खोटाङका दीपक चौहानले बताए । ‘विवरण आउनेक्रममा नै छ, पूरै आइसकेको छैन,’ चौहानले भने ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
किसानका पीडा : उत्पादन छ, मूल्य छैन

किसानका पीडा : उत्पादन छ, मूल्य छैन

सरकारले धानको न्यूनतम समर्थन मूल्य समयमै तोक्न थाले पनि किसानले त्यसको लाभ पाउन सकेका छैनन्।

#उत्पादन #किसान
Compare →
Onlinekhabar
5h ago
बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

१ मंसिर, म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ । कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, …

#उत्पादन
Compare →
Bizshala
1d ago
नेपालको इँटा उद्योगमा ८ अर्बको महत्वाकांक्षी योजना, देशभर ३०० उत्पादन केन्द्र खोलिने

नेपालको इँटा उद्योगमा ८ अर्बको महत्वाकांक्षी योजना, देशभर ३०० उत्पादन केन्द्र खोलिने

काठमाण्डौ । नेपालको परम्परागत इँटा उद्योगमा ठूलो रूपान्तरण ल्याउने लक्ष्यसहित करिब ८ अर्ब रुपैयाँ लगानीको...

#उत्पादन
Compare →
Hamro Patro News
2d ago
सरकार, बिदा थपेर होइन, उत्पादन बढाएर आउँछ समृद्धि

सरकार, बिदा थपेर होइन, उत्पादन बढाएर आउँछ समृद्धि

सरकारले सार्वजनिक बिदा थपेको थप्यै गरिरहेको छ। देशको आर्थिक अवस्था कमजोर छ, रोजगारीका अवसर साँघुरिएका छन्, उद्योगधन्दा अपेक्षित रूपमा विस्तार हुन सकेका छैनन् र युवा जनशक्ति विदेश पलायन भइरहेको छ। य...

#उत्पादन
Compare →

Related Stories

Business & Economy
Build #2612