Trending
Prev Story
Next Story

एसवाई प्यानल नेपालको नाफा उछाल, इपीएस सहित अन्य सूचक कस्ता ?

Arthasansar •
November 17, 2026 • 05:05 AM
3
3 reads 0 reactions

एसवाई प्यानल नेपाल लिमिटेडको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत...

एसवाई प्यानल नेपालको नाफा उछाल, इपीएस सहित अन्य सूचक कस्ता ?

एसवाई प्यानल नेपाल लिमिटेडको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो ।

सार्वजनिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले २ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३२.६१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३९ लाख ६४ हजार रुपैयाँ रहेको थियो । यसरी हेर्दा कम्पनीले गत आवको तुलनामा पाँच गुणाभन्दा बढीले नाफा बढाएको छ ।

कम्पनीको आम्दानी बढ्नुका साथै सञ्चालन खर्चमा आएको कमीले नाफा वृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २३.६२ प्रतिशतले वृद्धि भई १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १५ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

बिक्री आम्दानीमा भएको विस्तारसँगै कम्पनीको कुल मुनाफा ६ करोड २५ लाख रुपैयाँ पुगेको छ । यसैगरी, खर्च व्यवस्थापनमा सुधार गर्दै कम्पनीले प्रशासनिक खर्च उल्लेख्य रूपमा घटाएको छ। गत वर्षको पहिलो त्रैमासमा २ करोड ३० लाख रुपैयाँ रहेको प्रशासनिक खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ८१ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, बिक्री तथा वितरण खर्च पनि १ करोड २२ लाख रुपैयाँबाट घटेर ८६ लाख ४४ हजार रुपैयाँमा झरेको छ । आम्दानीमा वृद्धि र खर्चमा कटौती भएपछि कम्पनीको सञ्चालन मुनाफामा ठूलो सुधार देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३१ लाख ४२ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष बढेर २ करोड ६४ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालीन र अल्पकालीन ऋण न्यून रहेकाले वित्तीय खर्च पनि निकै कम देखिएको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १४ हजार ४२६ रुपैयाँ मात्रै रहेको छ । वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा तथा कोषमा १७ करोड ३७ लाख रुपैयाँ सञ्चित छ । यससँगै कम्पनीको कुल इक्विटी १ अर्ब ४८ करोड १८ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

नाफामा सुधार आएसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म २ रुपैयाँ २ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा ६ रुपैयाँ ४६ पैसा पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी ...

#नाफा #सूचक
Compare →
Bizshala
18h ago
होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा

होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा

काठमाण्डौ । मुलुकको पर्यटन तथा होटल व्यवसायमा आर्थिक गतिविधि बढ्न थाले पनि त्यसको सकारात्मक प्रभाव अधिकांश होटलको...

#नाफा
Compare →
Ekantipur
1d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →
Onlinekhabar
1d ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#नाफा
Compare →

Related Stories

National (Nepal)
Build #2612