एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेन हुआङ र चिनियाँ जासुस भनिएकी महिलाका बलिउड गीतका एआई क्लिपहरू निकै भाइरल भइरहेका छन्। हेर्दा रमाइलो पनि लाग्छ। तर, त्यो क्षणिक रमाइलोलाई माथ खुवाउने गरी पर्दापछाडि कुन तहको षड्यन्त्र र ‘कु’ भइरहेको छ वा हुन सक्ने सम्भावना छ भन्ने हेक्का राख्नु पनि जरुरी छ ।
एनभिडिया अहिलेको दोस्रो ठूलो कम्पनी मात्र नभएर वर्तमान एआई युगको इन्जिनका रूपमा हेरिने अति नै उन्नत चिप निर्माण गर्ने कम्पनी हो। यस कम्पनीको दोस्रो प्रतिस्पर्धी निकै तल छ। यस कम्पनीको उत्पादन तथा वितरणको आपूर्ति शृङ्खला र प्रविधिगत ज्ञानमाथि नियन्त्रण कायम गर्न सक्ने सरकार वा संस्थाले भोलिको युगको राजनीतिक, सामाजिक र सैन्य शक्तिमा निर्णायक प्रभाव पार्न सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )