Trending
Prev Story
Next Story

सुगौली सन्धिको मूल प्रति

Nagarik News •
November 17, 2026 • 03:41 AM
2
2 reads 0 reactions

परराष्ट्र मन्त्रालय र राष्ट्रिय अभिलेखालयले हाम्रा सन्धिसम्झौता राम्रोसँग अभिलेखीकरण नगर्दा हराउने र नष्ट हुने गर्छन्। लिपुलेक, लिम्पियाधुरा, कालापानीको कुरा गर्दा प्रमाणस्वरूप हाम्रा अभिलेख र नक्सा प्रस्तुत गर्नुपर्ने हुन्छ।

सुगौली सन्धिको मूल प्रति

नेपालमा आन्तरिक र बाह्य सन्धि वा सम्झौताको इतिहास निकै पुरानो छ। हाम्रा शिलालेख र पुरातात्विक अभिलेख आधुनिक कालमा दक्षिणको विशाल भारत र उत्तरको चीनसँग यस्ता सन्धि सम्झौता गर्दै आएको छ।

१७९२ सालको चीन र नेपालबिचमा युद्ध सुरु भएपछि नायब बहादुर शाहले भारतमा रहेको कम्पनी सरकारसँग सहयोगका निम्ति अनुरोध गरेका थिए। कम्पनीका तत्कालीन गभर्नर लर्ड कर्नवालिसले कर्णेल कर्कपैट्रिकलाई युद्धमा सहजीकरण गर्न दूत पठाएका थिए। कर्णेल कर्कपैट्री सिमानामा आइपुग्दा युद्ध सकिसकेको थियो।

नेपाल सरकारले कर्णेल कर्कपैट्रिक र यिनको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई युद्ध सकिएको हुनाले फर्केर जान अनुरोध गरेको थियो। कर्णेल कर्कपैट्रिक आफ्नो समूहसहित नेपाल प्रवेश गरेका थिए। यिनलाई स्वयम्भू र नुवाकोटमा बस्न अनुमति दिइयो। त्यस बखत कुनै पनि कुटनीतिलाई काठमाडौं र कुनै पनि ठाउँमा घुमिफिर गर्ने अनुमति थिएन। तैपनि यिनले वंशावली र आपूmले भोगेका बाटाका अनुभवका आधारमा गभर्नरलाई बुझाउन प्रतिवेदन तयार गरेका थिए। सात सातासम्म नेपाल बसेपछि यिनी भारत फर्केर कलकत्तामा गभर्नरलाई प्रतिवेदन बुझाएका थिए। १८११ सालमा यस प्रतिवेदनलाई ‘एन एकाउन्ट अफ किङडम अफ नेपाल’ नामको शीर्षकबाट प्रकाशित गरिएको थियो।

अंग्रेजहरू कुटनीतिमा अब्बल भएको हुनाले संसारभर यिनको साम्राज्य फैलिएको थियो। नेपालको बढ्दो शक्ति देखेर भारतस्थित गभर्नर कर्नवालिसले नेपालसँग भविष्यमा युद्ध हुन सक्छ भनेर कर्कपैट्रिकलाई नेपालको खोलानाला, मानिस, संस्कृति र व्यवहारको अध्ययन गर्न पठाएका थिए।

सन् १७६७ मा कप्तान किनलकको नेतृत्वमा २४ सय अंग्रेज फौज जनकपुर हुँदै सिन्धुली गढी आइपुगेका थिए। पछि कालु पाँडेका छोरा वंशराज पाँडे र श्रीहर्ष पाँडेको नेतृत्वमा सात सय गोरखाली सेनाको अर्को डफ्फा सिन्धुलीगढी पुग्यो। गोरखाली सेनाले सिस्नो र अरिंगालको प्रयोग गरी अंग्रेजतर्फ सोह्र सय र नेपालतर्फ तीन सय सेना मारेका थिए। युद्धको नेतृत्व गरेका कप्तान किनलक ज्यान जोगाई कलकत्ता पुगे र नेपालीहरूको वीरताको प्रशंसा गर्दै अबदेखि नेपालमाथि कहिल्यै आक्रमण नगर्न कलकत्तास्थित गभर्नरलाई प्रतिवेदन बुझाएका थिए। १८१४ नोभेम्बर १ मा सिन्धुलीगढीको युद्ध भएको ४७ वर्षपछि गभर्नर जनरल लर्ड होस्टिङले बुटवल र स्युराजसम्बन्धी कुरा लिई नेपालमाथि युद्धको घोषणा गरेका थिए। त्यस बखतसम्म पूर्वी सिमाना टिस्टा नदी र पश्चिममा गढवाल, नैनीतालबाट हुँदै यमुना नदी पश्चिम पुगिसकेको थियो।

कलकत्ताबाट गभर्नर जनरल लर्ड हेस्टिङले नेपालविरुद्ध युद्धको घोषणा गरेपछि मुख्तियार भीमसेन थापाले पश्चिमतर्फ युद्धको नेतृत्व गर्न प्रधान सेनापति बडाकाजी अमरसिंह थापालाई खटाएका थिए। बडाकाजी अमरसिंह थापाले आफ्ना सम्पूर्ण परिवार र नातालाई यस युद्धमा झोसेका थिए। बडाकाजी अमरसिंह थापाले युद्ध मात्र होइन, जनकपुर, गढवाल, काँगडाको गङ्गोत्रीमा रहेको विशाल मन्दिरको भारतीय सञ्चारमाध्यमले प्रसारण गर्दै आएको छ।

सन् १८१४ मा सिन्धुली, मकवानपुर, पाल्पा, नालापानी जैथक, देउथल र काँगडाको किल्लाको युद्धमा भाग लिएका कप्तान बलभद्र कुँवर, ७५ वर्षका भक्ति थापा, रणजोरसिंह थापा, जमदार दयाराम खड्काको युद्धमा संलग्न अंग्रेज फौजका जनरलहरू र अक्टरलोनीले सबैको मुक्तकण्ठले प्रशंसा गरेका छन्। १८५१ नोभेम्बर २८ मा नेपाल र अंग्रेजबिच सुगौली सन्धि भयो। यस सन्धिमा ९ धारा र ५ उपधारा रहेका छन्।

यस सन्धिअनुसार काली र राप्तीबिचको तराईका सम्पूर्ण भूभाग बुटवल, खासलाई छोडी राप्ती र गण्डकीबिचको तराईको सम्पूर्ण भूभाग, गण्डकी र कोसीबिचको तराईको सम्पूर्ण भूभाग र मोरङबाट पहाडतिर जाने बाटो नेपालले पायो।  १८१६ मार्च २८ मा चन्द्रशेखर उपाध्याय नेपाल सरकारद्वारा लालमोहरसहित स्वीकृत भएको सुगौली सन्धि लिएर अकटरलोनीको छाउनीमा गएका थिए। १८१६ डिसेम्बर ८ मा सुगौली सन्धिमा पुन: संशोधन भयो। यस सन्धिअनुसार कोसीदेखि गण्डकी र राप्तीसम्म तराईको सम्पूर्ण भूभाग र दुई देशबिच सिमानासम्बन्धी झगडा भएमा दुई देशका प्रतिनिधि बसेर समाधान गर्ने र आवश्यक परेमा भूमि साटासाट गर्ने कुरा परेको छ।

सन् १८६० मा नेपालका प्रधानमन्त्री जंगबहादुर राणाले भारतमा रहेका बेलायती नागरिकको सिपाही विद्रोहमा जीवन रक्षा गरेबापत नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले पाएपछि सिमानामा जंगेपिलर स्थापना भयो। यही हालसम्मको पूर्व, पश्चिम र दक्षिणको सिमाना हो। १८६० नोभेम्बर १ मा नेपालस्थित बेलायती राजदूत लेफ्टिनेन्ट कर्णेल जी रामजीले प्रधानमन्त्री जंगबहादुर राणासमक्ष सन्धिमा काठमाडौंमा हस्ताक्षर गरेपछि कलकता पठाइयो। यस सन्धिमा राजदूत जी रामजी र गभर्नर केनिङले हस्ताक्षर गरेका थिए।

प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको इजलासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा सुगौली सन्धिको मूल प्रति हेर्न जाँदा उहाँले नेपालको उर्दू अक्षर भएको नक्सा देखाउनुभयो। त्यसपछि सर्वोच्चका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले यस सम्बन्धमा जिज्ञासा राख्दा जेनजी विद्रोहपछि ध्वस्त भएको भग्नावशेषमा नक्सा खोज्ने प्रयास भयो। जंगी अड्डाले पनि सिमानासम्बन्धी जिज्ञासा राखेको छ। परराष्ट्र मन्त्रालय र राष्ट्रिय अभिलेखालयले हाम्रा सन्धिसम्झौता राम्रोसँग अभिलेखीकरण नगर्दा हराउने र नष्ट हुने गर्छन्। लिपुलेक, लिम्पियाधुरा, कालापानीको कुरा गर्दा प्रमाणस्वरूप हाम्रा अभिलेख र नक्सा प्रस्तुत गर्नुपर्ने हुन्छ।

महामहिम प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा हाम्रा सन्धिका प्रमाण र नक्सा प्रस्तुत गर्नुपर्ने हुन सक्छ। दिल्लीस्थित भारतीय अभिलेखालयमा सन्धि र सिमानासम्बन्धी नक्सा रहेको छ। त्यसको खोजीनीति गरी झिकाउनुपर्छ। वारखम्बास्थित नेपाली राजदूतावासमार्फत पहल गर्नुपर्‍यो। यसका निम्ति छिटोभन्दा छिटो पहल गर्नुका साथै सुगौली सन्धिपछिका सन् १८६० का सन्धिका प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ। सन्त योगी नरहरिनाथले आफ्ना सन्धिसम्बन्धी पुस्तकमा सुगौली सन्धिको प्रतिलिपि छपाउनुभयो। यसको सुरुको पाना सामाजिक अध्ययनमा संलग्न गरिएको थियो। –उपाध्याय इतिहास शिक्षा विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख हुन्।

प्रकाशित: १ मंसिर २०८३ ०९:२६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
नागरिकता प्रतिलिपिमा जिल्लाको झन्झट हट्यो

नागरिकता प्रतिलिपिमा जिल्लाको झन्झट हट्यो

–जुनसुकै जिल्ला प्रशासनबाट सेवा लिन सकिने –डिजिटल अभिलेखसँग विवरण मिले सिफारिस नचाहिने –बाबुको पहिचान नभएका सन्तानका लागि स्वघोषणाको ढाँचा काठमाडौँ। नागरिकताको प्रतिलिपि लिन अब नागरिकता जारी भए...

#अभिलेख #प्रति
Compare →

Related Stories

Opinion & Editorial
Build #2612