Trending
Prev Story
Next Story

साढे चार वर्षदेखि प्रशासकीय भवन अलपत्र

Nagarik News •
November 17, 2026 • 03:36 AM
1
1 reads 0 reactions

दैलेखको आठबीस नगरपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र परेको छ।

साढे चार वर्षदेखि प्रशासकीय भवन अलपत्र

दैलेखको आठबीस नगरपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र परेको छ। सम्झौता भएको साढे चार वर्षदेखि निर्माण व्यवसायी र नगरपालिका बिचको प्राविधिक अन्योलले भवन निर्माण कार्य अलपत्र परेको हो।

आठबीस नगरपालिकाले २०७९ साल भाद्र ५ गते १० करोड ७१ लाख २२ हजार पाँच सय ५१ रुपैयाँमा २०८१ साल चैतमा निर्माण कार्य सक्ने गरी अबिशा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौंसँग ठेक्का सम्झौता गरेको थियो।

नगरपालिकाले प्रशासकीय भवनको वाल रातो इट्टा लगाउने गरी डिपिआर गरेको थियो, तर पछि इस्टेटमेन्टमा भवनको वालमा इन्टरलक ब्लक लगाउने भनिएको छ। नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य भइरहेको बेला डिपिआर अनुसार भवन निर्माण गर्दा रातो इट्टा वा इन्टरलक ब्लक प्रयोग गर्ने भन्ने विषयमा विवाद भएपछि लामो समयदेखि काम अलपत्र परेको हो।

आठबीस नगरपालिकाका नगरप्रमुख तर्कबहादुर बडुवालले प्राविधिक र डिपिआरको समस्याले निर्माणको काम अन्योलमा रहेको बताए। नगरपालिकाको प्रशासकीय भवन वाल डिपिआर अनुसार रातो इट्टा र इस्टेटमेन्टमा इन्टरलक ब्लक प्रयोग गर्ने भन्ने विषयमा विवाद भएपछि लामो समयदेखि काम रोकिएको बताए।

उनले भने, ‘करोडौं लगानीको भवन आँखा अगाडि अलपत्र परेको हेर्न हामी बाध्य छौं,’ उनले थपे, ‘भवन निर्माणमा प्राविधिक र कानुनी विवादले निर्माण कार्य ढिला भएको छ। हामी टिनको टहरामा कोचिएर सबै शाखा चलाएर बसेका छौं।’

उनका अनुसार भवन समयमै निर्माण नहुँदा विभिन्न शाखा टहरामा सञ्चालित छन्। नगरपालिका र निर्माण कम्पनीको लापरबाहीका कारण पटकपटक म्याद थप हुँदा समेत काम सम्पन्न नहुँदा निर्माणाधीन भवन अलपत्र परेको हो।

१० करोड ७१ लाख लागतमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत अनुदानमा निर्माण सुरु गरीएको हो। अहिले तेस्रो पटक म्याद थप गरिएको छ। नगरपालिकाले अबिशा निर्माण सेवालाई नगरपालिकाले तेस्रो पटक यही चैत १८ म्याद थप गरेर २०८३ असोज मसान्तसम्म काम सम्पन्न गर्न अनुमति दिएको छ। नगरपालिकाले ६ करोड भुत्तानी दिइसकेको छ। अहिले भवनको भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्माण सुरु गरिएको प्रशासकीय भवन लामो समयसम्म अधुरै रहँदा स्थानीय नागरिक चिन्तित बनेका छन्। निर्माण सम्पन्न नहुँदा जनताले सहज रूपमा सेवा लिन नपाएको गुनासो समेत बढ्दै गएको छ।

भवनमा रातो इट्टा लगाउने वा स्थानीय ब्ल्क हाल्ने विषयमा अन्योलका कारण ढिलाइ भएको निर्माण व्यवसायी विपेश बस्नेतले बताए। अहिले नगरपालिकाले रातो इट्टा लगाउन सहमति पत्र पठाएकाले अब काम सुरु बताए। नगरपालिकाको कारणले गर्दा भवन निर्माणमा समय लागेको उनको भनाइ छ।

आठबीस नगरपालिकाका उपप्रमुख कल्पनाकुमारी थापा (चन्द)ले आफ्नो पालामा भवन निर्माण गरी सञ्चालनमा ल्याउने प्रयास गरिए पनि सम्भव नभएको बताइन्। उनले डिपिआर गर्दा रातो इट्टाको वाल भएको र पछि स्टेटमेन्टमा ब्लक राखेको हुँदा प्राविधिक र कानुनी झन्झटले निर्माण ढिलो भएको बताइन्।

उनले अहिले नगरपालिकाले रातो इट्टाको वाल लगाउने गरी सम्झौता भएको रकम अनुसार निर्माण व्यवसायीसँग सहमति भएको बताइन्। उनले ब्लक वाल जोखिम र टिकाउ नहुने भएपछि डिपिआर अनुसार रातो इट्टाको वाल लगाउन लागेको बताइन्। अबको एक महिनापछि निर्माण सुरु गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको उनको भनाइ छ।

सम्बन्धित निकायले समयमै चासो दिएको भए भवन निर्माण सम्पन्न भएर अहिले जनताले सेवा लिन सहज हुने स्थानीयको गुनासो छ। सरोकारवाला निकाय जिम्मेवार नहुँदा साढे चार वर्षसम्म भवन अलपत्र पारेको स्थानीयको आक्रोस छ।

अहिले भवनको चार तला ढलान गरेर छाडिएको छ। भवनको सरियामा समेत खियाँ लागेर काम नगर्ने अवस्थामा छ।

प्रकाशित: १ मंसिर २०८३ ०९:२१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी र १३० वटा लाइट सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको बसपार्क बनाउने …

#नगरपालिका #वर्षदेखि #अलपत्र
Compare →
Hamro Patro News
12h ago
दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–३, रकुवा र तनहुँको घिरिङ गाउँपालिका–१, जगौली जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल निर्माण कार्य एक दशकदेखि अलपत्र परेको छ। निर्माण सुरु भएको १...

#अलपत्र #वर्षदेखि
Compare →
Ekantipur
12h ago
सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको र इन्टेरियरको काम बाँकी रहेकाले पुससम्म सबै निर्माण कार्य सकिने सहरी विकास तथा भवन निर्माण विभागको दाबी छ ।

#भवन
Compare →

Related Stories

Business & Economy
Build #2612