विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री भीम पराजुलीले छठ पर्वको अवसरमा निरन्तर २९औँ पटक दण्ड प्रणाम (दण्डवत प्रणाम) यात्रा पूरा गरेका छन् ।
१४ वर्षको उमेरदेखि सुरु गरेको यो कठिन साधनालाई उनले झन्डै ५० वर्षको उमेरमा पनि निरन्तरता दिएका छन् । हरेक वर्ष व्रत समापन गर्ने सोच बनाए पनि छठ नजिकिएसँगै शरीरमा एक किसिमको अदृश्य ऊर्जा र ताप पैदा हुने र माताले नै डोर्याउने अनुभव पराजुली सुनाउँछन् ।
Read full story at source ( ratopati.com )