परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार भेटमा दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।
काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना दिए ।
परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।