Trending
Prev Story
Next Story

संघीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने

Ekantipur •
November 16, 2026 • 07:02 AM
4
4 reads 0 reactions

सभापति लामिछानेले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याए ।

संघीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने

सभापति लामिछानेले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याए ।

जनकपुरधाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् ।

रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सोमबारदेखि सुरु गरेको मेची–महाकाली पदयात्राको जनकपुरमा शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने उनले आवश्यकता औँल्याए ।

सभापति लामिछानेले सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको उल्लेख गरे। 'सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,' सभापति लामिछानेले भने, 'सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ ।'

मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्नेमा उनको जोड थियो ।सभापति लामिछानेले विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई थप मजबुत बनाउन यस्ता पदयात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै उनले मेची–महाकाली यात्राले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने बताए ।

त्यस अवसरमा पदयात्रा अभियन्ता सिंहले मुलुकमा सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आम नागरिकले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले मेची–महाकाली पदयात्रा सुरु गरेको बताए। उनले मुलुकको वर्तमान अवस्था, नागरिकका अपेक्षा र विभिन्न क्षेत्रका समस्याबारे यात्राका क्रममा प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।

पदयात्रा भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अभियान पनि भएको उनले बताए।

सांसद सिंहले पदयात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल यात्रा गर्ने जानकारी दिए । जानकी मन्दिरबाट सुरु भएको उक्त यात्राका क्रममा मधेससहित देशका विभिन्न भू–भागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरिने जानकारी दिइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
प्रदेशलाई व्यवस्थित बनाउन रास्वपाले छलफल गरिरहेको छ : सभापति लामिछाने

प्रदेशलाई व्यवस्थित बनाउन रास्वपाले छलफल गरिरहेको छ : सभापति लामिछाने

सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन्।

#सङ्घीयता #व्यवस्थित #रास्वपा
Compare →
Hamro Patro News
2d ago
चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा टोलीको छलफल

चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा टोलीको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबारदेखि चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री व...

#लामिछाने #रास्वपा
Compare →
Onlinekhabar
1d ago
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव …

#रास्वपा #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612