Trending
Prev Story
Next Story

ढोरपाटनको सहायक गन्तव्य बन्दै जलजला

Ekantipur •
November 16, 2026 • 06:32 AM
4
4 reads 0 reactions

सडक यातायात, प्रचारप्रसार र गोठ‘स्टे’ सञ्चालन भएपछि ढोरपाटन उपत्यका भ्रमणमा आएका पर्यटक प्राकृतिक वातावरणमा रमाउनका लागि जलजला पुग्न थालेका हुन् ।

ढोरपाटनको सहायक गन्तव्य बन्दै जलजला

सडक यातायात, प्रचारप्रसार र गोठ‘स्टे’ सञ्चालन भएपछि ढोरपाटन उपत्यका भ्रमणमा आएका पर्यटक प्राकृतिक वातावरणमा रमाउनका लागि जलजला पुग्न थालेका हुन् ।

म्याग्दी — धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

सडक यातायात, प्रचारप्रसार र गोठ‘स्टे’ सञ्चालन भएपछि ढोरपाटन उपत्यका भ्रमणमा आएका पर्यटकहरु हिमशृङखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन तथा प्राकृतिक वातावरणमा रमाउनका लागि जलजला पुग्न थालेका हुन् ।

बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला– ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ।

समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा सात वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–२ लुलाङका फुलबहादुर विकले दैनिकजसो पर्यटक आउन थालेका बताए । 'यसअघि ढोरपाटनमा आएका सीमित पर्यटक मात्रै जलजलामा आउने गरेका थिए,' उनले भने, 'म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार/पाँच वटा गाडी तथा १५/२० वटा मोटरसाइकलमा पर्यटकहरु आउन थालेका छन् ।'

बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरु जलजलादेखि मुना हुँदै फर्कने ‘रुट’ बनाउन थालेका धवलागिरि गाउँपालिका–२ का वडाअध्यक्ष अकप्रसाद विश्वकर्माले बताए।

मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ । सात जनाको समूहमा मोटरसाइकलमा जलजला हुँदै ढोरपाटन पुगेर फर्किएका बेनीका व्यवसायी कृष्णराज पौडेलले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाए ।

जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझ सूर्यास्तको मनमोहक दृश्य । खुलेको आकाश । वसन्तयाममा पाखाभरि ढकमक्क फुल्ने लालीगुराँस । वन्यजन्तु र पन्छीहरुको आवाज । शान्त र एकान्त वातावरण बस्तीदेखि टाढा रहेको जलजलाको आकर्षण हो।

जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका भीषण खत्रीले बताए। 'शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ,' उनले भने, 'समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।'

जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । तल्लो र उपल्लो जलजलामा गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको सुविधा छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ ।

दुई तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि ६ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले म्याग्दीको मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु पनि भएको बताए।

बर्खामा अवरुद्ध सडकमा जिप र मोटरसाइकल चल्न सक्ने बनाए पनि थप मर्मतको प्रयास भइरहेको उनले बताए। गत वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालय, खानेपानी निर्माण र प्रवर्द्धनको कार्यक्रम आयोजना गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गुर्जा, ढोरपाटन, जलजला, मुनामालिका र ताकमकोत जोड्ने रेडपाण्डा पदमार्गको अवधारणा अघि सारेर सम्भाव्यता अध्ययनमा जुटेको बताए । सिकार आरक्षमा पर्ने भएकाले ढोरपाटनको दृश्य अवलोकन स्थलका रुपमा विकास भएको जलजलामा पर्यटकीय पूर्वाधार विस्तार गर्न नीतिगत समस्या भएको उनले बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
ढोरपाटनको सहायक गन्तव्य जलजला

ढोरपाटनको सहायक गन्तव्य जलजला

धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक गन्तव्यका रुपमा विकास हुन थालेको छ । सडक यातायात, प्रचारप्रसार र गोठ‘स्टे’ सञ्चालन भएपछि ढोरपाटन उपत्यका भ्रमणमा आएका पर्यटकहरु हिम...

#जलजला #ढोरपाटन #थाले
Compare →
Nagarik News
6h ago
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।

#गन्तव्य #बन्दै
Compare →
Onlinekhabar
23h ago
आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

२९ कात्तिक, बुटवल ।  पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लागेको छ । पाल्पा रम्भा गाउँपालिका–१ असेर्दी र स्याङ्जा गल्याङ नगरपालिका–१ मालुंगा क्षेत्रलाई …

#गन्तव्य #बन्दै
Compare →

Related Stories

Science & Climate
Build #2612